क्यान्सर पीडित खुलाललाई टोल बिकासको सहयोग
गुगलपाटी संवाददाता हेटौंडाउपमहानगरपालिका टोल विकास संस्था नगर समन्वय समितिको सम्योजनमा क्यान्सर रोग लागेको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १३ को वडा सदस्य एवं नगर कार्यपालिका सदस्य रूपा खुलाललाई समन्वय समिति परिवार र केहि टोल विकास संस्थाहरूको तर्फबाट उहाँको उपचारमा सहयोग पुर्याउने उदेश्यले रू.६३,६१५.०० रूपैयाँ सहयोग उपलब्ध गराईएको टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुव अधिकारीले जानकारी दिनुभयो ।