मकवानपुरकी पूर्व मिस नेपाल श्रृङ्खला नेपाललाई चिनाउन फ्रान्सको हिमालमा
गुगलपाटी संवाददाता हेटौंडापूर्व मिस नेपाल श्रृङ्खला खतिवडाले पश्चिम युरोपको सर्वोच्च शिखर मोन्ट ब्ल्यांक (Mont Blanc) को सफल आरोहण आरोहण गर्नुभएको छ । फ्रान्स र नेपालको मैत्री सम्बन्धको अवसरमा जुलाई १५ देखि फ्रान्स भ्रमणमा रहनुभएको हो ।
भ्रमणका अवसरमा युरोपको सबै भन्दा ठुलो हिमाल आरोहण गरेर नेपाललाई चिनाउनु भएको छ । खतिवडाले हिमाल चढेर नेपालको झण्डा समेत सफलता पूर्वक फहराउनु भएको छ । नेपाल फ्रान्सबिचको कुटनीतिक सम्बन्ध ७० वर्ष पुगेको अवसरमा नेपालस्थित फ्रान्सेली दुतावासले खतिवडालाई ‘गुडविल एम्बासडर’ नियुक्त गरेर हिमाल आरोहणको ब्यबस्था मिलाएको हो ।
निकै कठिनका साथ हिमाल आरोहण गरेर नेपाल र फ्रान्सको झण्डा गाढेर हिजो मात्र फकीएका छन् । नेपाललाई विश्वसामु चिनाउन र नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न पनि हिमाल आरोहण गरेको श्रृङ्खलाकी आमा मुनु सिग्देलले बताउनुभयो ।
युरोप भ्रमणको डेढ महिनाको कार्यतालिका अनुसार फ्रान्समा हिमाल चढेर फर्कीएपछी अमेरीका जाने र युरोपका विभिन्न देशको भ्रमण गर्ने कार्यक्रम रहेको छ । फ्रान्समा रहेको नेपाली दुतावासले हिमाल चढेकोमा विज्ञप्ती जारी गर्दै बधाई दिएको छ ।
सेतो हिमालको नामले समेत चिनिने यो हिमालको उचाई ४ हजार ८ सय ८ मिटरको छ। इटाली र फ्रान्सको बीचमा पर्ने यो हिमाल विश्वकै अग्ला हिमालहरु मध्ये ११ औं स्थानमा पर्छ।यो हिमाल हाइकिङ, क्लाइम्बिङ, ट्रेल रनिङ, स्किङ् र स्नोबोर्डिङ्का लागि लोकप्रिय मानिन्छ ।