मुद्धा मिलाउने प्रलोभनमा प्रहरीले माग्यो १८ हजार
गुगलपाटी संवाददाता काठमाडौंमुद्धा मिलाउने प्रलोभन देखाएर सेवाग्राहीसँग पैसा लिने दुई प्रहरी अख्तियारको फन्दामा परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालले घुससहित दुई जना प्रहरीलाई पक्राउ गरेसँगै यो कर्तुत सार्वजनिक भएको हो । प्रहरीले अभद्र व्यवहार सम्बन्धी कसूरमा मुद्दा कमजोर बनाइदिने प्रलोभन देखाएर सेवाग्राहीसँग १८ हजार रुपैयाँ मागेको भेटिएको छ ।
आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार विशेष सूचना र उजुरीका आधारमा खटिएको टोलीले प्रहरी नायब निरीक्षकद्वय रमेशबहादुर पाण्डे र राजु स्वर्णकारलाई १८ हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको छ ।