पाँच वर्षमा सरकारले किन्यो २४ अर्बका गाडी, सबैभन्दा धेरै खर्च रक्षा मन्त्रालयको
गुगलपाटी संवाददाता काठमाडौंनेपाल सरकारले पछिल्लो पाँच वर्षमा सवारी साधान खरिदमा २४ अर्ब भन्दा बढी खर्च गरेको छ। महालेखा नियन्त्रकको कार्यलयको तथ्याङ्कअनुसार सरकारले सावारी साधनमा २४ अर्ब ९ करोड ९९ लाख खर्च गरेको छ।
सरकारले आर्थिक वर्ष २०७५/७६ मा मात्रै ५ अर्व ८३ करोड ८९ लाख खर्च गरेको छ। यो अघिल्लो वर्षको तुलनामा कम हो।
आर्थिक वर्ष २०७४/७५ मा सरकारले ६ अर्व ६१ करोड ४५ लाख खर्च गरेको थियो भने आर्थिक वर्ष २०७३र७४ मा ६ अर्व ७३ करोड ३४ लाख खर्च गरेको थियो।
सरकारले सवारी साधनमा गर्न खर्च पछिल्लो २ वर्ष घट्दो रहेपनि आर्थिक वर्ष २०७१र७२ र २०७२/७३ भन्दा २ तिहाई धेरै छ।
सरकाले गाडी खरिद गरेर आर्थिक वर्ष २०७१र७२ मा २ अर्व ७१ करोड ३३ लाख र आर्थिक वर्ष २०७२र७३ मा २ अर्व २१ करोड ९६ लाख खर्च गरेको थियो।
सवै भन्दा धेरै खर्च गर्यो रक्षाले
रक्षा मन्त्रालय र त्यस अन्तरगर्तको निकायले सवारी साधन खरिदमा ५ वर्षमा ११ अर्व ९३ करोड ६२ लाख खर्च गरेको छ। रक्षा मन्त्रालय, जङ्गी अड्डा, शैनिक हवाई महानिर्देशनालय, शैनिक कमाण्ड तथा स्टाफ कलेज र राष्ट्रिय सेवा दल गरी नेपाल सरकारले ५ वर्षमा खरिद गरेको सवारी साधनको खर्चको ४९.५२ प्रतिशत खर्च गरेको हो। स्रोत : सेतोपाटी