उत्पादित बस्तुको बजारीकरण गर्न आवश्यक : मुख्यमंत्री पौडेल

गुगलपाटी संवाददाता मकवानपुर,२० बैशाख
२० बैशाख २०७५ ०८:४९

३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले साना तथा मझौला उद्योग विकासका लागि उत्पादित वस्तुको बजारीकरण अति आवश्यक रहेकोमा जोड दिएका छन् ।

३ नम्बर प्रदेश सहित केही अन्य प्रदेशका छिमेकी जिल्लाका समेत घरेलु उत्पादन सामग्रीको प्रदर्शनी कार्यक्रमको बिहीबार हेटौंडामा उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले सो कुरा बताएका हुन् । कार्यक्रममा मुख्यमन्त्री पौडेलले तालिम पश्चात उद्दमी बनेका व्यक्ति समेत उत्पादित सामग्रीको बजारको अभावमा पलायन भैरहेको बताएका छन् । मुख्यमन्त्री पौडेलले ग्रामीण तथा स्थानीय उद्योगहरुको विकासका लागि जनप्रतिनिधिलाई मुख्य उत्तरदायी बनाउनु पर्ने र यसका लागि प्रदेश सरकार नीति नियम बनाउन लागि परेको धारण व्यक्त गरेका छन् ।

कार्यक्रममा प्रदेश नम्बर ३ का आन्तरीक मामिला मन्त्री शालिकराम जमरकट्टेलले लघु तथा साना उद्योगका लागि कस्तो मोडासलटी बनाउदा यस क्षेत्रको विकाु हुन्छ त्यसको सुझाव दिन सबैमा आग्रह गरेका छन् । कार्यक्रममा ३ नम्बर प्रदेश सहित अन्य छिमेकी जिल्लाका छाला, बास, ऊन, च्याउ, कागज, कपडा, मह, दुना–टपरी लगायत सामग्रीको प्रदर्शनी गरिएको थियो । अभिमुखीकरण कार्यक्रमबाट आगामी दिनमा यस क्षेत्रको विकास र उद्दमशीलता विकासको आधार तयार हुने आयोजक ३ नम्बर प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले विश्वास लिएको छ ।