प्रदेश ३ को मुख्य न्यायाधिवक्तामा ओमप्रसाद थपलिया सिफारिस

गुगलपाटी संवाददाता हेटौंडा
१० श्रावण २०७६ ०६:००

 प्रदेश नम्बर ३ को मुख्य न्यायधिबक्तामा ओम प्रसाद थपलिया सिफारिस गरिएको छ । ३ नम्वर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले रिक्त मुख्यन्यायधिवक्तामा काठमाण्डौं महानगरपालिका वडा नम्बर १४ कलंकी निवासी थपलियालाई नियुक्तिका लागि सिफारिस गरेका हुन् ।

यसअघिका मुख्यन्यायाधिवक्ता सूर्यचन्द्र न्यौपानेले आफ्नो पदबाट राजीनामा दिएका थिए। मुख्य न्यायाधिवक्ताको नियुक्ति प्रदेशका मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुखले गर्ने संवैधानिक व्यवस्था छ।

बिहीबार मुख्यन्यायधिवक्तामा सिफारिस हुनुभएका थपलीयालाई यही साउन १२ गते साढे ११ बजे प्रदेश प्रमुख अनुराधा कोइरालाले सपथ खुवाउने कार्यतालिका तय भएको छ ।

२०४४ साल देखिनै अभिवक्ताबाट कानुनी क्षेत्रमा लाग्नुभएका थपलिया २०४८ सालबाट अधिवक्ताको रुपमा ओकालत पेसामा आवद्ध हुनुहुन्छ । २०७४ सालको साउन महिनामा वरिष्ठ अधिवक्ता हुनु भयो । नुवाकोट जिल्लाको तत्कालिन मदनपुर गाविसमा जन्मनु भएका थपलिया बषौदेखि काठमाण्डौको वासिन्दा हुनुहुन्छ । उहाँले राजनीति शास्त्रमा एम।ए। र कानुन बिषयमा एलएलएम गनु भएको छ ।

तत्कालिन नेकपा एमालेको अनुशासन आयोगको सदस्य भएर काम गर्नुभएका थपलिया पार्टी भित्र रहेर कानुनी क्षेत्रको काम गर्दै आउनुभएको थियो । पार्टीमा लामो समय देखि काम गर्दै आएपनि महत्वपूर्ण भुमिकामा भने अनुशासन आयोगमा मात्र काम गर्नुभयो ।

तत्कालिन मुख्यन्यायधिबक्ता सूर्यचन्द्र न्यौपानेले पदबाट राजिनामा दिएपछी यो पद खाली थियो ।मुख्यन्यायधिवक्ताको दौडधुपमा हेटौंडाका कानुन व्यावसायीहरु निरन्तर लागिपरेपनि उनीहरुप्रति मुख्यमन्त्री पौडेल सकारात्मक हुन नसकेपछी थपलियालाई सिफारिस गरिएको हो । मुख्यन्यायधिवक्ताको दौडमा काडमाण्डौ, हेटौंडा लगायतका क्षेत्रका गरी आधा दर्जन कानुन व्यावसायी लागिपरेका थिए ।

मुख्य न्यायधिवक्ताका लागि हेटौंडाबाट धुर्ब पस्रसाद चौलागाईं र मुकुन्द अधिकारीले लामो समय सम्म दौड धुप गरेका थिए । तर, चौलागाईले भने राजधानीको बिषय पटक पटक उठाएको भन्दै मुख्यन्यायधिबक्ता नहुने भनेर मुख्यमन्त्रीबाट पहिलेनै जवाफ पाएका थिए । यता अधिकारी प्रति मुख्यमन्त्री पौडेल सकारात्मक भएपनि नेकपाका केन्द्रीय नेताहरुको दवाबका कारण थपलियालाई नियुक्त गरिएको मुख्यमन्त्री कार्यालय श्रोतले जनाएको छ ।