मकवानपुरमा भर्ना आह्वान सहित विद्यार्थी संगठनको उत्कृष्ट कदम

गुगलपाटी संवाददाता
१४ श्रावण २०७६ १०:३८

हेटौंडा: मकवानपुरका प्रमुख राजनीतिक दलका विद्यार्थी संघ संगठनले उत्कृष्ट कदम चालेको छ । मकवानपुर क्याम्पसमा कक्षा ११ को नयाँ भर्नाको आह्वान गर्दै अब मकवानपुर जिल्लामा विद्यार्थी संघसंगठनले कुनै पनि बन्द हडताल नगर्ने भन्दै सयुक्त विज्ञप्ती निकालेको छ ।
अनेरास्ववियुका सयोजक किसन घिसिङ, नेबिसंघका सभापति राजु खतिवडा, अनेरास्ववियुका अर्का सयोजक दिनेश सुबेदी, राप्रपाविसंका प्रकाश चौलागाईंले जारी गरेको विज्ञप्तिमा मकवानपुरको शैक्षिक क्षेत्रमा नयाँ निर्णय गरेको हो । संघसंगठनका नेताहरूले अब शैक्षिक क्षेत्र शान्त रहने दाबी गरेको छ ।