मकवानपुरको मार्खु हुँदै हटौंडा-काठमाडौं जाने सडक पाँचदिनपछि सञ्चालनमा

गुगलपाटी संवाददाता मकवानपुर
१५ श्रावण २०७६ ०५:०६

मकवानपुर चित्लाङबाट मार्खुहुँदै कुलेखानीबाट हेटौंडा तथा काठमाण्डौ संचालन हुने सडक पाँचदिनपछि संचालनमा आएको छ ।

इन्द्रसरोवर गाउँपालिका वडा नम्बर १ सिम्लाङदेखि करिब २ किलोमीटर पर थाहा नगरपालिका वडा नम्बर ९ को बाबियोभिरमा गएको पहिरो पन्छाएपछि कुन्छाल कुलेखानी सडक १४ साउनबाट संचालनमा आएको हो । पहिरो गएको क्षेत्र थाहा नगरपालिका वडा नम्बर ९ र इन्द्रसरोवर गाउँपालिकाका बासिन्दासंग बढि सरोकार राख्ने उक्त सडकमा दुबै स्थानीय तहले नपन्छाएपछि सडक विभागले उक्त पहिरो पन्छाएको स्थानीयहरुले बताएकाछन् ।

सडक खुलेसंगै छोटो बाटोबाट हेटौंडा तथा काठमाण्डौ जान सकिने भएको छ भने कृषि उपज बजारसम्म पुर्याउनको लागि किसानहरुलाई सहज भएको छ ।