मेलम्चीको खानेपानी पाइप सफा गर्ने क्रममा दुई मजदुरको मृत्यु

गुगलपाटी संवाददाता काठमाडौं
१७ श्रावण २०७६ ०७:५३

काठमाडौंको बालाजुमा मेलम्ची खानेपानीको पाइप सफा गर्ने क्रममा दुई मजदुरको मृत्यु भएको छ । शुक्रबार बिहान ०९ः५० बजे काठमाडौँ महानगरपालिका–१६, बालाजु चोकस्थितमेलम्ची खानेपानीको पाइप सफा गर्ने उनीहरुको ज्यान गएको हो।

प्रहरीका अनुसार बिहान मेलम्ची खानेपानी आयोजनाको ठूलो पाइपभित्र प्रवेश गरी सफा गर्ने क्रममा सप्तरी कनकपट्टीका सुरेस साह र शिवकान्त साहको मृत्यु भएको हो।
महानगरीय प्रहरी परिसरका प्रवक्ता तथा डिएसपी होविन्द्र बोगटीका अनुसार मृतकहरु सहोदर दाजुभाइ हुन्।

उनले भने,‘पाइप सफा गर्न सडकमा रहेको मूख्य सुरुङबाट छिरेका उनीहरू त्यही अड्किएका थिए। लामो समयसम्म बाहिर ननिस्किएपछि डोजर लगाएर खनेर दुवैलाइ निकालिएको हो।