मुख्यमन्त्रीले गरे गौरीटार रंगशाला अनुगमन (फोटोफिचर)

गुगलपाटी संवाददाता हेटौंडा
१७ श्रावण २०७६ ०९:१०

एक दशक अघि हेटौंडामा निर्माण सुरु भएको केन्द्रीय खेलकुद प्रतिष्ठानको निर्माण कार्य मुख्यमन्त्री डोरमणि पौडेलले अनुमनग गरेका छन् । शुक्रबार उनीसँगै राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश कुमार सिलवालले पनि प्रतिष्ठानमा भइरहेको निर्माण कार्यको अनुगमन गरे ।

लामो समय केन्द्र सरकार मातहत हरेपनि पर्याप्त बजेट बिनियोजन हुन नसक्दा प्रतिष्ठानको कामले गति लिन सकेको थिएन । प्रदेश सरकारले खेलकुद प्रतिष्ठानभित्र फुटबल मैदान बनाउन गत आर्थिक वर्षमा ५ करोड रुपैयाँ विनियोजन गरेपछि कामले गति लिएको हो ।

हाल उक्त रकमले फुटबल मैदान बनाउने कार्य भइरहेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष माधव तिमल्सिनाले बताए ।

प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७५/७६ मा प्रतिष्ठान परिसरमा विभिन्न खेलको पूर्वाधार निर्माण गर्न १३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

अनुगमनपछि प्रतिक्रिया दिँदै राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश कुमार सिलवालले प्रदेश सरकार र स्थानीय सरकारसँग समन्वय गरेर छिटो प्रतिष्ठानको काम सक्न पहल गरिने बताए ।