पानी ट्याङ्कीमा डुबेर १६ महिने बालकको मृत्यु
गुगलपाटी संवाददाता काभ्रेपलाञ्चोक१७ श्रावण २०७६ ११:०२
जिल्लाको बनेपा नगरपालिका–६ मा पानी ट्याङ्कीमा डुबेर एक बालकको मृत्यु भएको छ ।
बनेपा नगरपालिका–६ वुडोलडाँडा डेरा गरी बस्ने चितवन घर भएका ध्रुब खरेलको १६ महिनाको छोरा अविनव खरेलको ट्याँकीमा डुबेर शुक्रबार बिहान मृत्यु भएको हो ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।