हेटौंडाबाट चन्दन अमात्य ५० हजार घुस सहित पक्राउ

गुगलपाटी संवाददाता
१९ श्रावण २०७६ १५:१८

हेटौंडाः ३ नम्बर प्रदेशको उद्योग बाणिज्य एवं उपभोक्ता हित संरक्षण निर्देशनालयका आठौं तहका अधिकृत चन्दन कुमार अमात्य ५० हजार घुस सहित पक्राउ परेका छन् । यस अघि घरेलु तथा साना उद्योग कार्यालय हेटौंडाका कार्यालय प्रमुख अमात्यलाई घुस सहित हेटौंडास्थित कार्यालयबाट अख्तियारको टोलीले पक्राउ गरेको हो । उद्योग दर्ताको आइईई प्रतिवेदन स्वीकृत गरिदिने भन्दै सेवाग्राहीसँग घुस लिँदै गर्दा रंगेहात पक्राउ गरिएको अख्तियारले जनाएको छ ।