बम पड्काएको आरोपमा विप्लवका रामेछाप जिल्ला इन्र्चाज सहित ३ जना पक्राउ

गुगलपाटी संवाददाता काभ्रे
२० श्रावण २०७६ ०७:५२

नेपाल कम्युनिष्ट पाटी विप्लवका रामेछाप जिल्ला इन्चार्जसहित ३ जना पक्राउ परेका छन्। एनसेल टावरमा आगो लगाएको र बम पड्काएको आरोपमा रामेछाप जिल्ला इन्चार्ज यादव ढुंगेलसहित तीनजनालाई काभ्रे प्रहरीले नियन्त्रणमा लिएको हो।

काभ्रेको धुलिखेल–५ स्थायी घर भएका ढुंगेल विप्लवका रामेछाप जिल्ला इन्चार्ज हुन्। ढुंगेललाई काभ्रेको भुम्लु गाँउपालिकाको एनसेल टावरमा आगजनी गरेको आरोप छ।

ईलाका प्रहरी कार्यालय बनेपाले शुक्रबार राति विप्लवका २ काभ्रे जिल्ला सदस्यलाई पनि पक्राउ गरेको छ। पनौती नगरपालिका-४ बाट विप्लवका सक्रिय जिल्ला सदस्य अनिल रायमाझी र सुन्दर रायमाझीलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक निरञ्जन भट्टराईले जानकारी दिए।