मेस्सी घाइते, नेपोलीविरुद्धको खेलहरु खेल्न नपाउने

गुगलपाटी संवाददाता एजेन्सी
२० श्रावण २०७६ ११:०१

बार्सिलोनाका कप्तान लियोनल मेस्सी घाइते भएका छन् । मेस्सीको दाँया खुट्टमा समस्या देखिएको बार्सिलोनाको अफिसियल साइटमा उल्लेख छ । मेस्सीले अब बार्सिलोनाले यूएस टुरमा खेल्ने खेलहरु गुमाउनेछन् । बार्सिलोनाले यूएस टुरमा नेपोलीविरुद्ध दुई मैत्रीपूर्ण खेल खेल्नेछ । भर्खरै मात्र क्लबको प्रशिक्षणमा आएका कप्तान मेस्सी प्रशिक्षणको क्रममा घाइते भएका हुन् ।