किन रोकियो ‘भद्रगोल’ ?

गुगलपाटी संवाददाता काठमाडौं
२० श्रावण २०७६ ११:४५

हाँस्य सिरियल ‘भद्रगोल’को प्रशारण रोकिएको छ । टेलिभिजन र युटुबमा राम्रो दर्शक बटुल्न सफल यो हाँस्य सिरियल नयाँ आर्थिक बर्ष लागेसँगै प्रशारण भएको छैन । आखिर किन रोकियो त ‘भद्रगोल’ ? श्रृखला निर्देशक दीपक आचार्य भन्छन्–‘नयाँ आर्थिक वर्ष सुरु भएपछि विज्ञापन एजेन्सीसँग सम्झौता नविकरण गर्नुपर्ने हुन्छ । त्यो अहिले भएको छैन । आन्तरिक कुराहरु नमिलेकाले हामीले सिरियल प्रशारण गर्न नसकेका हौं । मिडिया हवसँग सम्झौता भएसँगै सिरियल पुन प्रशारण हुन्छ ।’

यो सिरियल रोकिएपछि टिमले दर्शकको गाली पाइरहेको छ । गाली पनि गुनासो र मायाको लागि भएको दीपकको तर्क छ । अहिले ‘भद्रगोल’को कुनै पनि श्रृङ्खला छायांकन भएको छैन । संझौता भएपछि मात्र नयाँ भाग छायांकन गर्ने दीपकको भनाई छ ।