सेनाले जेल सजाँय सुनाएका गुरुङलाई रिहा गर्न माग
गुगलपाटी संवाददाताहेटौंडा÷माओवादी जनमुक्ति सेना पार्टी नेपालले गोरखा जिल्ला आरुघाट वडा नम्बर ६ का शक्ति गुरुङ (विद्रोह) लाई १० वर्ष जेल हाल्ने निर्ण फिर्ता लिन नेपाली सेनासँग माग गरेको छ ।
पार्टीका प्रवक्ता पहाडले सोमबार बिज्ञप्ति जारी गर्दै शान्ति प्रक्रिया सम्पन्न भएको १३ वर्षपछि नेपाली सेनाको सैनिक अदालतले गुरुङलाई १० वर्ष जेल सजाँय गर्नु शान्ति प्रक्रिया र संघीय लोकतान्त्रिक गणतन्त्रको उपहास, अपहेलना र हस्तक्षप भएको बताएको छ । विज्ञप्तिमा सैनिक अदालतको उक्त निर्णय फिर्ता लिन माग गरेको छ । सेनाको उक्त निर्णय सच्याउन राष्ट्रिय तथा अन्तराष्ट्रिय मानव अधिकारबादी संघ संस्थाहरुलाई समेत पहल गरिदिन ध्यानाकर्षण गराइएको छ ।
नेपाली सेनामा कार्यरत गुरुङ हतियार सहित तत्कालिन नेकपा माओवादीको जनमुक्ति सेनामा प्रवेश गरेका थिए । सेनाले हतियार सहित भोगेको मुक्तामा दश वर्ष जेल सजाँय सुनाएको थियो ।