मन्त्रीपरिषद बैठक सम्पन्न, भयो यस्तो निर्णय
गुगलपाटी संवाददाता हेटौंडाप्रदेश नंबर ३ को बर्षे अधिवेशन जेठ १ गतेबाट सुरु गर्नको लागि प्रदेश सरकारले प्रदेश प्रमुखलाई आग्रह गरेको छ ।
मुख्यमन्त्री डोरमणी पौडेलको अध्यक्षतामा शुक्रबार बिहान १० अजे बसेको मन्त्रीपरिषदको बैठकले प्रदेशसभा बैठक बोलाउनको लागि प्रदेश प्रमुखलाई आग्रह गर्ने निर्णय गरेको हो । बैठकले आउँदो जेठ १ गते प्रदेशसभा बैठक आह्वान गर्नको लागि प्रदेश प्रमुखलाई आग्रह गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रमुख सचीव रेश्मिराज पाण्डेले जानकारी दिनुभयो ।
गत माघ १० गतेबाट सुरु भएको प्रदेश सभाको पहिलो अधिवेशन बैशाख १४ गते सकिएको थियो ।