अख्तियार हेटौंडाको स्टिङ अप्रेसन बढ्यो
गुगलपाटी संवाददाता हेटौंडाअख्तियार दुरुपयोग अनुसन्धान आयोगले अघिल्लो बर्षको तुलनामा यो बर्ष स्टिङ अप्रसेसनको संख्या बढाएको छ । भ्रष्ट्राचार बढे सँगै स्टिङ अप्रेसन बढेको हो । आव २०७४/०७५ मा ९ वटा मात्रै स्ट्रिङ अपरेसन भयको थियो । तर आव २०७५/०७६ मा २० वटा स्टिङ अप्रेसनका आवश्यक कारबाहीका लागी बिशेष अदालतमा पेश गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग ३ नम्बर प्रदेश कार्यालय हेटौंडाले जानकारि दिएको छ ।
आज हेटौंडामा आयोजित अन्र्तक्रिया कार्यक्रममा स्थानीय सरकार विरुद्धको उजुरी संख्या पनि बढेको आयोगले जनाएको हो । आर्थिक बर्ष २०७४/०७५मा आयोगको कार्यालयमा ६ सय ६० वटा भष्ट्राचारको उजुरी परेका थिए । गतआर्थिक बर्षमा यो संख्या बढेर ११०० उजुरी दर्ता भएका छन । स्थानीय तह विरुद्ध मात्रै आयोगमा ६ सय ५६ उजुरीहरु परेका छन । जसमा स्थानीय तहको शिक्षासँग सम्बन्धित विरुद्ध २ सय ३३ र बाँकी बिषयमा ४ सय २३ वटा उजुरी दर्ता भएका हुन । मकवानपुरका स्थानीय तहहरु विरुद्ध शिक्षा बाहेक ५१ वटा उजुरी परेका छन ।
स्थानीय तहकै शिक्षासँग सम्बन्धित २८ वटा उजुरी परेका छन । प्रदेश सामाजिक विकास मन्त्रालय अन्र्तगत स्वास्थ्य सम्बन्धमा २७ वटा उजुरी परेका छन भने उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयमा वन र वातावरण सम्बन्धी ७४ वटा उजुरी परेको कार्यालय प्रमुख हुमकला पाण्डे ले बताईन । उजुरी मध्ये ७० प्रतिशत मुद्दा फछ्र्यौट भैसकेको छ भने आयोगमा दर्ता भएका उजुरी मध्ये एक सय ३२ वटा उजुरी विस्तृत अनुसन्धानमा गएका थिए जसमध्ये ९९ वटाको छानबिन भैरहेको आयोगका प्रवक्ता देव कुमार राईले बताए ।
अन्र्तक्रिया कार्यक्रम आयोगका आयुक्त डा। गणेश राज जोशीको सभाध्यक्षता रहेको थियो भने जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा मकवानपुरका जनप्रतिनिधिहरु, नागरिक समाजका अगुवाहरुको उपस्थिती रहेको थियो ।