यात्रु ठग्ने १३ हजार ट्याक्सी चालक कारबाहीमा
गुगलपाटी संवाददाता काठमाडौंट्राफिक प्रहरीले विभिन्न बहाना बनाई यात्रु ठग्ने उपत्यकाका १२ हजार ७४९ ट्याक्सी चालकलाई कारबाही गरेको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले आर्थिक वर्ष ०७५–७६ मा कानूनविपरीतका कार्य गरी मिटरमा जान नमान्ने, मिटर बिगार्ने, भाडा अनियमितता गर्ने, बढी भाडा लिने ट्याक्सीका चालकलाई कारबाही गरेको हो ।
ट्याक्सी प्रयोग गर्दा बढी भाडा लिने, मिटरमा जान नमान्ने, यात्रुले चाहेको स्थानमा जान नमानेमा तत्काल ट्राफिक प्रहरीको हटलाइन नं १०३ मा खबर गर्न सबै यात्रुलाई महाशाखाले आग्रह गरेको छ ।
यातायात व्यवस्था विभागका अनुसार हाल काठमाडौं उपत्यकामा मात्र १० हजारभन्दा बढी ट्याक्सी सञ्चालनमा रहेका छन् ।