भ्रष्टाचारमा मुझिएका बिपी प्रतिष्ठानका उपकुलपति रौनियार ४८ लाख धरौटीमा रिहा

गुगलपाटी संवाददाता काठमाडौं
२२ श्रावण २०७६ १०:२७

भ्रष्टाचारको आरोपमा मुछिएका बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उप(कुलपति प्राध्यापक प्राडा राजकुमार रौनियार धरौटीमा रिहा भएका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यही साउन १९ गते १ करोड २८ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा उपकुलपति रौनियारविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको थियो।

विशेष अदालतका न्यायाधीश बाबुराम रेग्मी, द्वारिकामान जोशी र प्रमोदकुमार क्षेष्ठको संयुक्त इजालसले उनीहरूलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो।

रौनियारलाई ४८ लाख र उनका आफ्नै भतिज प्रतिष्ठानमै हाउस अफिसरको रूपमा कार्यरत डा। रामहरी रौनियारलाई ४ चार लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश भएको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेयले जानकारी दिए।

दुवै जनालाई अख्तियारको टोलीले ८ लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका थिए।