विप्लवका दुई कार्यकर्ताद्वारा राजीनामा

गुगलपाटी संवाददाता स्याङ्जा
२२ श्रावण २०७६ १२:०१

 सरकारले देशभरवाट विप्लवका कार्यकर्ता पक्राउ गरी मुद्दा चलाउन थालेपछि स्याङ्जामा धमाधम राजीनामा दिने क्रम वढेको छ । स्याङ्जाको भीरकोट नगरपालिकाका दुई विप्लव नेतृत्वका कार्यकता भीरकोट नगरपालिकाका जनप्रतिनिधीको रोहोवरमा पत्रकार सम्मेलन गरी पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।

पार्टी परित्याग गर्नेमा विप्लव नेतृत्व माओवादीका जिल्ला सदस्य तथा अखिल नेपाल किसान महासंघ जिल्ला संयोजक भीरकोट नगरपालिका वाड नं ७ का शेरवहादुर राना र अर्का कार्यकर्ता भीरकोट १ का मकवुल मियाले छुट्टाछुट्टै विज्ञप्ती प्रकाशित गरी पार्टीको साधारण सदस्यता समेत नरहनेगरी पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।

विज्ञप्तीमा भनिएको छ, आफू क्रियाशिल रहेको पार्टी विप्लव समुहले हिसात्मक गतिविधि र एकिकृत जनक्रान्तिको कार्य दिशा नछाडेकोले आफ्नो स्वास्थ्य कमजोर भई सो पार्टीमा रहि काम गर्न नसक्ने भएकोले आजको मितिवाट नेपाल कम्यूनिष्ट पार्टी विप्लव नेतृत्वको पार्टीमा मेरो कुनै सम्वन्ध नरहेको र नेपाल कम्यूनिष्ट पार्टी विप्लवको साधारण सदस्य समेत नरहने गरि कुनैपनि पार्टीमा नलाग्ने र स्वतन्त्र नागरिक भएर बस्ने इच्छा भएकोले पार्टीवाट राजीनामा दिएको उल्लेख गरेको छ ।

पत्रकार सम्मेलनमा भीरकोट नगरपालिकाका उपप्रमुख सिमा केसी कर्माचार्यले विप्लव नेतृत्वको माओवादीलाई हिंशात्मक गतिविधि छाडेर शान्तिपुर्ण राजनीतिमा आउन आग्रह गरिन । पत्रकार सम्मेलनमा भीरकोट नगरपालिकाका वडा अध्यक्षहरुको सहभागिता समेत रहेको बताइएको छ । अहिले सम्म चार जना धरौटी राख्न नसकेका कारण जेल चलान भएका छन् भने एक जनाले राजीनामा दिएका छन् । विप्लप माओवादीका जिल्ला नेतृत्वले पार्टी परित्याग गरि नेकपा पकार्टीमा प्रवेश गरेका छन् ।