लायन्स क्लव अफ हेटौंडा मुक्तिनाथको पदस्थापन
गुगलपाटी संवाददाता मकवानपुरलायन्स क्लव अफ हेटौंडा मुक्तिनाथको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । बर्ष ०१८÷१९ ले बर्ष ०१९/०२० लाई पद हस्तान्नतरण गरेका हुन् । लायन्स क्लब इन्टरनेशनल ३२५ बि २ नेपालका डिस्ट्रिक प्रथम भाइस गभर्नर लायन शम्भु नकर्र्मीको प्रमुख आथित्यता तथा लायन्स क्लव अफ मुक्तिनाथ बर्ष १८/१९ का अध्यक्ष विकेश लाल श्रेष्ठको सभाध्यक्षतामा भएको हो ।
समाजमा लायन्सको भुमिका अपरिहार्य रहेकोे प्रमुख अथिति समेत रहेका लायन्स क्लब इन्टरनेशनल ३२५ बि २ नेपालका डिस्ट्रिक प्रथम भाइस गभर्नर लायन शम्भु नकर्र्मी बताएका छन् । पदस्थापन कार्यक्रममा बोल्दै नकर्मीले लायन्स क्लवहरुले समाजमा उदाहरणीय कार्य गरिरहेका बताएका छन् । उनले संकट परेको बेला आकस्मिक सहयोग लगायत समाज सेवाको क्षेत्रमा लायन्स क्लबले गर्ने गरेको सहयोग प्रशंसनीय रहेको बताउदै समाज परिर्वतनमा लायन्स र लियो क्बलले नयाँ आयम थप्ने बताउनु भयो ।
लायन्स ईन्टरनेशनल ३२५ बि २ नेपालको डिस्ट्रिक एडभाइजर विष्णु गोपाल मर्हजनले मन्त्र जब्ने ओठ भन्दा सेवा गर्ने हातहरु महान हुने भन्दै लायन्स र लियोको समाजप्रतिको सेवा सहनिय रहेको बताएका छन् । उनले सेवाको भावबाट आगाडि बढ्दै लायन्सको निति नियममा रहेर कार्य गर्न समेत भनेका छन् ।
लायन्स ईन्टरनेशनल ३२५ बि २ नेपालका डिस्ट्रिक चिफ कृष्णराम न्योपानेले छोटो समयमा प्रशंसनीय काम गरेकोमा बधाई ज्ञापन गर्दै क्लबका सदस्यहरुले सामाजिक कार्यमा जिम्मेबार भई सक्रियता देखाएको भन्दै प्रशंसा गर्नुभएको थियो । उहाँले सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्दै आगामी दिनमा समाजमा अझ धेरै सामाजिक गतिबिधि गर्न आग्रह गर्नुभयो ।
जोन चियर्स प्रसन अंकिता सुमार्गीले यस क्लबले गरेका सामाजिक कामहरुमा आफु समेत सहभागि भएको स्मरण गर्दै क्लबले गरेका कामहरु प्रशंसनिय भएको बताउनुभयो । आगामि दिनमा पनि सदैव साथ सहयोग रहने बताउनु भयो ।
लायन्स क्लव अफ हेटौंडा मुक्तिनाथका संस्थापक अध्यक्ष राजेश भेटवालले क्लबले समाजमा गरेका कामहरुको प्रशंसा सहित आगामी दिनका लागि शुभकामना दिनुभएको थियो ।
त्यस्तै विभिन्न समयमा क्लबले गरेका सामाजिक कामहरुमा सहयोग पुर्याउने विभिन्न पदाधिकारीहरुलाई बर्ष २०१८/१९ का अध्यक्ष विकेश लाल श्रेष्ठले माया चिनो प्रदान गर्न भएको थियो ।
कार्यक्रममा बर्ष १८–१९ का अध्यक्ष श्रेष्ठले आफ्नो कार्यकालमा भए गरेका सामाजिक कामहरुका बारेमा प्रकाश पार्दै सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गर्नुभयो । उहाँले समाज विकाशमा लायन्स क्लबले महत्वपुर्ण भुमिका खेल्ने उल्लेख गर्दै नयाँ कार्यसमिति संग सहकार्य गर्दै विभिन्न सामाजिक कामहरु गर्दै जाने बताउनुभयो । सोही अवसरमा बर्ष १९–२० का अध्यक्ष रोशन सापकोटाले आफ्नो कार्यकालमा समाजमा रचनात्मक कामहरु गर्दै सबैसंग सहकार्य गरि नयाँ काम गर्ने बताउनुभयो ।