प्रदेश ३ मा पर्यटन विधेयकको मस्यौदा : इजाजतबिना हवाई टिकेटिङ गरे ५० लाख जरिवाना
गुगलपाटी संवाददाता मकवानपुरa प्रदेश ३ सरकारले ट्राभल एजेन्सीको इजाजतपत्र नलिई हवाई सेवा टिकट खरिदबिक्री (टिकेटिङ) गर्नेलाई ५० लाख रुपैयाँ जरिवानाको व्यवस्था गर्ने भएको छ ।
पर्यटन भ्रमण वर्ष २०२० लक्षित गरेर प्रदेशसभाको बैठकमा लैजाने तयारी गरिरहेको प्रदेश पर्यटन विधेयक–२०७६ को प्रारम्भिक मस्यौदामा अनुमतिबिना हवाई टिकेटिङ गरेमा जनरल सेल्स एजेन्ट (जीएसए) को रूपमा काम गरेको ठहर गर्दै मन्त्रालयले जरिवाना गर्ने तयारी गरेको हो ।