बढ्यो डेंगुको प्रकोप, हजारौ अस्पतालमा भर्ना

गुगलपाटी संवाददाता
२३ श्रावण २०७६ ०६:१०

लामखुट्टेका कारण लाग्ने डेंगु रोगले बँगलादेशमा हजारौं व्यक्ति अस्पताल भर्ना भएका छन् । २२ साउनमा मात्र २४ सय २८ व्यक्ति अस्पताल भर्ना भएका हुन् ।

दैनिक दुई हजारभन्दा बढी डेंगुको संक्रमणले अस्पताल भर्ना हुनथालेपछि बँगलादेश सरकारले शतर्कता अपनाउन सूचना जारी गरेको छ । अस्पतालहरु डेंगुका विरामीले भरिएका छन् । यस वर्षमात्र ३० हजार व्यक्ति डेंगुबाट संक्रमित भएको तथ्यांक प्रकाशित भएको छ ।

डेंगुका कारण बँगलादेशमा दैनिक सयौं व्यक्ति विरामी हुने गर्छन् । १७ करोड जनसंख्या भएको बँगलादेशमा वर्षायाममा पानी जमेर बढ्ने लामखुट्टेका कारण डेंगुको संक्रमण बढ्ने गरेको छ । बँगलादेश लामखुट्टेको समस्या भएको देश मध्ये पर्दछ ।