कश्मीर प्रकरणबारे भारतले नेपाललाई जानकारी गरायो
गुगलपाटी संवाददाता काठमाडौंकश्मीरको विशेषाधिकार खोस्ने निर्णयबारे भारतले नेपाल सरकारलाई जानकारी गराएको छ । कश्मीर प्रकरणबाट राजदूत मञ्जिवसिंह पुरीले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई भेटेरै जानकारी दिएका हुन् ।
दिल्लीस्थित दूतावासलाई पनि भारतले कश्मीर प्रकरणबारे जानकारी दिएको छ । तर, अहिलेसम्म नेपाल सरकारले यसबारे केही प्रतिक्रिया दिएको छैन ।
एउटा देशले लिएको ठूला निर्णयबारे जानकारी गराउन सामान्य कुटनीतिक परम्परा भएकाले भारत सरकारले नेपाललाई जानकारी गराएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए ।
भारतले संविधान ३७० धारा खारेज गर्दै कश्मीरको विषेशाधिकार खोसेको छ । कश्मीर प्रकरणपछि भारत र पाकिस्तानबीचको सम्बन्ध तनावपूर्ण बन्दै गएको छ भने अन्तरराष्ट्रिय जगतले थरिथरिका टिप्पणी गरिरहेका छन् ।