मकवानपुरको चुरियामाईमा निर्माण भएको सुरुङमार्ग अलपत्र
गुगलपाटी संवाददाता मकवानपुरमकवानपुर र वाराको सिमामा निर्माण भएको सुरुङमार्ग बक्स कटिङ भएपछि अलपत्र परेको छ ।
एक सय वर्ष अघि मकवानपुरको चुरीयामाईमा निर्माण भएको एसियाकै पहिलो सुरुङमार्ग अलपत्र परेको हो ।
नेपालका प्रथम इन्जीनियर डिल्लीजंग थापाको डिजाईनमा निर्माण भएको सुरुङमार्गको प्रयोगबाट हेटौँडाबाट विरगञ्ज तथा भारतसम्म आवतजावत गर्ने गरिएको थियो । बेलायति प्रविधिमा निर्माण भएको ५ सय मिटरको सुरुङमार्गलाई नेपालको गौरबको रुपमा ब्यवस्थि गर्न नसक्दा सुरुङमार्ग अलपत्र परेको हो ।