नेपालमा आठ करोड भन्दा बढी पानीको आयात
गुगलपाटी संवाददाता काठमाडौंसरकारले विदेशमा पिउने पानी पठाएर राष्ट्रिय अर्थतन्त्र बलियो बनाउने कुरा गरिरहँदा वितेको पाँच वर्षमा मात्रै आठ करोड बढीको पानी आयात गरेको छ ।
भन्सार विभागको तथ्याङ्कअनुसार पाँच वर्ष यता मात्रै नेपालले २५ लाख लिटर पानी आयात गरेको छ । २५ लाख लिटर पानी आयात गर्दा ८ करोड १४ लाख बढी रकम बाहिरिएको छ । नेपालले भारत, फ्रान्स, बेलायत लगायतका मुलुकबाट मिनिरल वाटर र आइस क्युब आयत गर्दैै आएको छ ।
गत आर्थिक वर्षमा मात्र नेपालले ४ लाख २६ हजार लिटर आयात गर्दा १ करोड ४७ लाख रकम बाहिरिएको छ । त्यसो त गत आर्थिक वर्ष नेपालको व्यापार घाटा। १३ खर्ब २१ अर्ब नाघेको थियो । गत वर्ष १४ खर्ब १८ अर्बको आयात हुदाँ निर्यात भने ९७ अर्ब १० करोडमा सीमित थियो ।
पछिल्लो ५ वर्षमा आर्थिक वर्ष २०७२र७३ मा सबै भन्दा बढी पानी आयात भएको भन्सार विभागको तथ्यांक छ । १२ बैसाखमा गएको भुकम्पपछि विभिन्न देशले नेपालमा मिनिरल वाटर पठाउँदा पानी आयात बढेको थियो (हे. इन्फो) ।
नेपालमा मिनिरन वाटर र आइस क्युब बनाउने उद्योग नहुदाँ विदेशबाट पानी आयत भइरहेको व्यवसायीहरु बताउँछन् । आयातित पानी तारे होटलमा बढी प्रयोग हुने गरेको छ ।
यता १७ साउनमा नेपालको पानी युरोप, जापान लगाएतका देशमा निर्यात गर्ने भन्दै १० साउनमा रुद्रगंगा न्याचुरल वाटर कम्पनीले रसुवा पानी बजारमा ल्याएको छ ।
नेपालमा मिनिरल वाटर बनाउने कम्पनी नभएको विदेशबाट पानीको आयत हुने गरेको भन्सार विभागका अधिकारी बताउँछन् ।