सिलाई व्यवसायी संघको केन्द्रीय अधिवेशन सुरु

गुगलपाटी संवाददाता
२५ श्रावण २०७६ १०:२७

नेपाल कपडा तथा सिलाई व्यवसायी संघ केन्द्रीय समितिको अठारौं साधारण सभा तथा दशौं अधिवेशन पर्यटकिय नगरी बुटवलमा सुरु भएको छ । शनिवार देखि सुरु भएको अधिवेशनले नयां कार्यसमितिको चयन गर्दे आईतवार समापन हुने भएको छ ।

२०५५ सालमा छरिएर रहेका व्यावसायीहरुलाई संगठित गर्दे व्यावसायिक हक हितको लागि आवाज उठाउन संघको आवश्यक्ता महसुस गरि स्थापना भएको संघमा चरम राजनिति तथा गुटबन्दीले फुटको संघारमा पुगेको एक व्यावसायीले वताए ।
नेपाल कपडा तथा सिलाई व्यवसायी संघ केन्द्रीय समितिको २०७५ असार २७ गते चितवनमा भएको १७ औ साधारण सभाले नेपाल कपडा तथा सिलाई व्यवसायी संघ २०५५ र्लाइ रूपान्तरण गरी वा बिकास गरी महासंघ बनाउने भनेर म्यान्डेट दिएकोमा नयां सस्था दर्ता गरि महासंघ बनाएको भन्दै तिब्र विवाद भएपछि विवाद समाधान गर्न तथा सघंलाई महासंघ वनाउन नेपाल कपडा तथा सिलाई व्यवसायी संघको अठारौं साधारण सभा तथा दशौं अधिवेशन गर्न गरिएको संघका एक सदस्यले वताए ।


नेपाल कपडा तथा सिलाई व्यवसायी संघ र महासंघको विवादले देशब्यापी रुपमा अनिवार्य भ्याट्को खारेज गरि ५० लाख थ्रेस होल्ड कायम गर्ने माग सहित बुझाइएको ज्ञापन पत्र सरकारले कार्यान्वयन नगर्र्दा हजारौ साना व्यावसायी मार्कामा परेका छन् । साना तथा मझौला उद्यमी व्यवसायीहरुको व्यवसायिक भविष्य धराशायी भई व्यवसाय बाट नै विमुख भई पलायन हुनुपर्ने परिस्थितिलाई मध्यनजर गर्दै देशभरिका सम्पूर्ण व्यवसायीहरुको हितमा अनिवार्य भ्याट फिर्ता गरी ५० लाख थ्रेस होल्ड लागु हुनुपर्ने मूल माग सहित महासंघकाले ज्ञापन पत्र बुझाइएको थियो ।

भोलिहुने भनिएको चुनावी प्रतिस्प्रर्धामा लमजुङ्गका गोपाल परियार र चितवनका लाल वहादुर परियार नयां कार्यसमितिको निर्वाचनमा संघ पक्षधर र महासंघ पक्षधर भएर छुटाछुटै प्यानल लिएर चुनाविमैदानमा उत्रिएका छन् । दुवै अध्यक्षका प्रत्यासीहरु वर्तमान कार्य समितिका प्रथम उपाध्यक्ष र वरिष्ट उपाध्यक्ष हुन ।