कलैयामा बजार व्यवस्थापनको लागि कार्यशाला गोष्ठि
गुगलपाटी संवाददाता कलैयाकलैया उपमहानगरपालिका भित्र बजार व्यवस्थापन र त्यसको लागि आवश्यक नीति निर्माणको लागि दुई दिने कार्यशाला तथा प्रशिक्षक प्रशिक्षण कार्यक्रम सौराहमा भएको छ ।
स्थानीय बजार व्यवस्थापन तथा उपभोक्ता सचेतना सम्बन्धी कार्यशाला तथा प्रशिक्षक प्रशिक्षण कार्यक्रम शुक्रबार र शनिबार भएको हो । कार्यक्रममा बजार व्यवस्थापनको लागि ठाउँ छनौट, ऐन निमय निर्माण र बजार अनुगमनबारे छलफल भएको थियो ।
कलैया उपमहानगरपालिकाको आयोजना तथा उपभोक्ता हित संरक्षण मञ्चको प्राविधिक सहयोगमा भएको कार्यक्रमममा द एसिया फाउन्डेसन र अस्ट्रेलियन एडले सहयोग गरेको थियो । कार्यक्रममा उपमहानगरपालिकाका मेयर राजेश राय यादव, प्रमुख कार्यकारी अधिकृत हरिनारायण बेल्वासे सहित २७ वडाका अध्यक्षहरु सहभागिता थियो । उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय अध्यक्ष ज्योति बानियाँ, उपाध्यक्ष अजय अधिकारी, सचिव सिङ्गऋषि काफ्ले र द एसिया फाउन्डेसनका नजरबुल्ला अन्सारीले बजार ब्यवस्थापन, उपभोक्ता अधिकार र ऐन नियम निर्माण निर्माणका बारेमा प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा सहभागि जनप्रतिनिधिहरुले नगरभित्रका सबै ब्यवसायलाई दर्ता र वार्षिक नविकरण गर्न लगाउने, दर्ता नभएकालाई बैंक कारोबारमा रोक लगाउने, नियमित बजार अनुगमन गर्ने, त्यसको लागि वार्षिक नीति र योजना निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् ।
साथै दण्ड जरिवान र पुरस्कारको ब्यवस्था गर्ने, बजार व्यवस्थापनको लागि उपयुक्त ठाउँ र वडाको छनौंट गरी बजार ब्यवस्थित बनाउने उनीहरुले प्रतिबद्धता ब्यक्त गरेका छन् ।
कार्यक्रममा मेयर यावले उपमहानगरपालिका कार्यालय हाताभित्र सुर्तिजन्य पदार्थ जनप्रतिनिधिले सेवन नगर्ने गर्न नदिने प्रतिबद्धता ब्यक्त गरे । कार्यक्रममा मुटु रोग विषेशय प्रकाशराज रेग्मीले स्वस्थ जीवनशैलीबारे जनप्रतिनिधिहरुलाई जानकारी गराएका थिए ।