प्रदेश नम्बर ३ की संसाद न्यूरोडमा लुटिईन

गुगलपाटी संवाददाता काठमाडौँ
२६ श्रावण २०७६ ११:००

राजधानीको व्यस्त बजार न्यूरोडमा प्रदेश नं. ३ कि प्रदेश सांसद भावना सुवेदी लुटिएकी छन् । सुवेदीसँगै रहेकी सावित्री आचार्यका अनुसार सडकमा हिँडिरहेका बेला अज्ञात व्यक्तिले पर्स तानेर भागेका छन् ।

पर्समा ७ हजार रुपैयाँ र केही महत्वपूर्ण परिचय पत्र भएको जनाइएको छ । हालसम्म घटनाबारे प्रहरीलाई खबर नगरिएको उनले बताइन् । ‘कता गर्ने के गर्ने, सोधिखोजी गरिरहेका छौं’, उनले भनिन् ।चितवन घर भएकी सुवेदी सत्तारुढ नेकपाको तर्फबाट समानुपातिक पद्धतिबाट सांसद बनेकी थिइन् ।

तपाईको प्रतिक्रिया