बकरईदको अवसरमा मुख्यमन्त्री पौडेलद्वारा शुभकामना
गुगलपाटी संवाददाता हेटौंडा३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले ईस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद (इदुल जोहा) को अवसरमा शुभकामना व्यक्त गर्नु भएको छ । मुख्यमन्त्री पौडेलले पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण ईस्लाम धर्मावलम्बी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यको कामना व्यक्त गर्नुभएको हो
उहाले सोमबार एक सन्देश जारी गर्दै भन्नु भएको छ नेपाल बहुजातीय बहुसाँस्कृतिक देश हो । सबै जाती र सँस्कृतिका चाडपर्वहरुप्रति सरकारको उत्तिकै सम्मान छ । सभ्यता, संस्कृति र कलामा सयौं वर्ष अगाडि देखि नै यस प्रदेशले प्रसिद्धि पाएको छ । अनगिन्ती प्राकृतिक, सांस्कृतिक र पुरातात्विक सम्पदा यस प्रदेशमा रहेका छन् । बहु जाती भाषा, धर्म, संस्कृतिले भरिपूर्ण यो प्रदेश सामाजिक, सांस्कृतिक, जातीय, धार्मिक सहिष्णुतामा आधारित इन्द्रेणी जस्तै सुन्दर छ ।
मुख्यमन्त्री पौडेलले संविधानले संघ, प्रदेश र स्थानीय तहको अन्तरसम्बन्ध सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित हुने व्यवस्था गरेको बताउनुभएको छ । तीन वटै तहका सरकार जनताप्रति उत्तरदायी, जनताबाट सञ्चालित र जनताको सेवामा समर्पित भइ “सुखी नेपाली, समृद्ध नेपाल” बनाउने महान् उद्देश्य पूरा गर्न समन्वयकासाथ अघि बढि इतिहास रच्ने आधार बनाउन प्रतिवद्ध रहेको स्पष्ट पार्नु भयो।
उहाँले भन्नुभएको छ बकर ईद पर्वको यस पावन अबसर मा राष्ट्रिय एकता , सामाजिक सद्भाव , सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यको हार्दिक शुभकामना व्यक्त गर्दछु ।