मकवानपुरका एक सय दशजना किसानहरु लाभान्वित

गुगलपाटी संवाददाता मकवानपुर
२७ श्रावण २०७६ ०६:३२

पाडापाडी, बाख्रा, गाई तथा बकेर्नो भैसी संरक्षण विशेष कार्यक्रम अनुदान अन्तर्गत् मकवानपुरमा एक सय दशजना किसानहरु लाभान्वित भएका छन् ।

भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, मकवानपुरको अनुदान कार्यक्रम अन्तर्गत् मकवानपुरका विभिन्न ११ ठाँउका किसानहरु लाभन्वित भएका हुन् । गत आर्थिक वर्ष २०७५र०७६ मा यस कार्यक्रमको लागि २१ लाख ७६ हजार बजेट छुट्याइएको थियो ।

पाडापाडीरबकेर्नो भैसी सरक्षणको लागि मात्र भनेर कार्यालयले ११ लाख ३० हजार बजेट छुट्याएको थियो । जस कार्यक्रममा चौघडा, मनहरी, राक्सिराङ र फापरबारी गरी चार वटा समुहले अनुदान पाएका थिए । समुहका प्रति सदस्य ५० वटाको दरले ४० किसानलाई पाडापाडी दुईसय वटा वितरण गरिएको थियो । पाडा खरिदको लागि पाँच लाख, गोठ निर्माणको लािग पाँच लाख, घाँस खेतिको लागि एक लाख र ढुवानी खर्च ३० हजार रकम बराबरको अनुदा वितरण गरिएका कार्यालयका वरिष्ठ पशु विकास अधिकृत सुशिल केसिले जानकारी गराए ।

त्यस्तै बाख्रा प्रवर्धन कार्यक्रम अन्तर्गत १६ लाख ६३ हजार रकम छुटा्ईएको थियो । जसमा पदमपोखरी र खैराङ गरि दुई समुहका २० जना सदस्यले बाख्रा प्रबर्धनका लागि दिईएको केन्द्रका कार्यालय प जानकारी दिए । खोर निर्माणको लागि सात लाख ३५ हजार, बाख्रा खरिद पाँच लाख, घाँस खेति व्यवस्थापनमा एक लाख ३० हजार, पानी भण्डारण ट्याङकीको लागि ६५ हजार, वोयर बोका तीन वटा ५० प्रतिशतमा ल्याउन एक लाख र डिपिङ टयाँक, तौलिन मेसिनको लागि एक लाख ३३ हजार रकम वितरण गरिएको कार्यालयका वरिष्ठ पशु विकास अधिकृत केसिले जानकारी गराए ।

यता गाई प्रबर्धनका लागि भनेर दुई लाख ७० हजार छुटा्ईएको थियो । जसमा गढी, नागस्वती, हाँडीखोला र मनहरी गरि चार ठाँउका ४० जना सदस्यले अनुदानले गाई प्रबर्धनका कार्यहरु सम्पन्न गरेका थिए । गोठ निर्माणको लािग ८० हजार, भुँई तथा डालेघाँस व्यवस्थापनका लागि ३० हजार, पानी ट्याङकी तथा मिल्क क्यान खरिदका लागि ३५ हजार, सरसफाई व्यवस्थापन सेट गर्न २५ हजार, गाई खरिदको लागि ८० हजार र गाई ढुवानीको लागि २० हजार छुट्याई कार्यक्रम सञ्चालन गरेको केसीको भनाई छ ।

बकेर्नो भैँसी संरक्षण अन्तर्गत, एक लाख १३ हजार अनुदान स्वरुप मकवानपुर गढीका एक समुहलाई दिईएको हो । जसमा पाँचवटा पाडा खरिदको लागि ५० हजार, गोठ निर्माणमा ५० हजार, घाँस खेतिको लागि १० हजार, ढुवानी खर्च तीन हजार रहेको छुट्ईएको हो ।

यसरी अनुदान स्वरुप दिएको उक्त रकमले किसानहरुले कडा मेहेनत गरिरहेको र मनग्य आम्दानी समेत गरिरहेको वरिष्ठ पशु विकास अधिकृत केसिले जानकारी गराए । अनुगमनको क्रममा आफहरु बेलाबखत गईराख्ने गरेको केसिले जानकारी गराए । यस कार्यक्रमले जिल्लामा पशु पालन तर्फ किसानहरुलाई आर्कषण गरेको उनले बताए ।