कसरी बित्दैछ तपाईको साता ?हेर्नुहोस् राशीफल
गुगलपाटी संवाददातामेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) साप्ताहिक राशिफल
कर्मक्षेत्रमा रहेको चन्द्रमाका साथमा साताको प्रारम्भ भएकाले विभिन्न जिम्मेवारी निर्वाह गर्नुका साथै दौडधूप गर्नु पर्नेछ । यात्रा रमाइलो हुनेछ । बन्धुबान्धव र दाजुभाइले तपाईंका कामधन्धामा सहयोग पुर्याउने छन् । अपूरा कार्य पूर्ण हुनेछन् । धार्मिक तथा आध्यात्मिक क्षेत्रतर्फको काममा सहभागी बन्नु पर्नेछ र त्यस पाटोका काममा प्रशंसित हुने अवसर प्राप्त हुनेछ । शुक्रबारपछि ठूला आशा र महत्वाकांक्षा त्यागी अघि बढ्नु श्रेयस्कर हुनेछ । आँफूले गरेका प्रयास र उद्यममा निराशा भोग्नुपर्छ । परिवारको कुनै सदस्यको स्वास्थ्यसम्बद्ध चिन्ता हुनसक्छ । अनावश्यक यात्राबाट जोगिनु राम्रो हुनेछ । समग्रमा साता राम्रै छ, स्वास्थ्यमा अचानक सानो समस्या देखिन सक्छ, तर डराइहाल्नु पर्दैन । आफन्तहरूबाट भनेजस्तो सहयोग नपाइएला, तर काममा बाधा हुनेछैन ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) साप्ताहिक राशिफल
भाग्यस्थानमा रहेको चन्द्रमाको प्रभावले यो साता तपाईंका लागि उत्तम बनेको देखिन्छ । आफूमुनिका नातेदार वा बालबच्चासित राम्रो व्यवहार गर्नुहोला । इष्टमित्रको शुभकामना प्राप्त गर्न सकेमा शुभफल प्राप्त हुनेछ । व्यवसायिक र सामाजिक सम्बन्ध सुदृढ हुनेछ, चिन्तनमूलक काम र अध्ययन, अध्यापन एवं लेखनका क्षेत्रमा बाधा छ । प्रेमसम्बन्ध र दाम्पत्य जीवनका लागि समय निकाल्न नसक्नाले थोरै तनावको सामना गर्नुपर्ने छ । राज्यपक्षबाट लाभ प्राप्त हुनेछ । व्यापारबाट सोचेजस्तै मुनाफा प्राप्त हुने योग छ । पशुव्यवसाय र कृषिपेसाबाट सन्तोष मिल्नेछ । नोकरी र सामाजिक क्षेत्रबाट मानसम्मान प्राप्त हुनेछ । गरेका कामबाट सन्तुष्ट भइन्छ । समग्र लेखाजोखा गर्दा यो साता राम्रो छ, तर जीवनसाथी वा बालबच्चासँग कुराकानी गरी व्यवहारिक जानकारी लिनु असल हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) साप्ताहिक राशिफल
साताको प्रारम्भमा अष्टम भावमा चन्द्रमा रहने छ, त्यसैले स्वास्थ्यमा अचानक गडबडी आउने सम्भावना हुन्छ । सानोतिनो चोटपटक नै पनि लाग्न सक्छ, सचेत एवं सावधान रहनु बेस हुनेछ, त्यस्तै तपार्इंको व्यक्तिगत दृष्टिकोण उल्टो हुने देखिन्छ, कुनै पनि नयाँ काम नथाल्नु राम्रो हुन्छ । तर साताको उत्तरार्द्धमा शुभफल मिल्नेछ, लामो दूरीको यात्रामा निस्कन वा यातायातको साधन किन्न अनुकूल छ । धार्मिक तथा सामाजिक कार्यमा महत्वपूर्ण भुमिका रहनेछ । टाढा रहेका आफन्तजनको उन्नति र प्रगतिको समाचार सुन्न पाउनु हुनेछ । घरपरिवारबाट भरमग्दुर सहयोग प्राप्त हुने छ । सानो प्रयासले रोजगारीको राम्रो अवसर हात पर्न सक्छ । सरकारी जागिरेका लागि प्रशंसा, बढुवा वा जिम्मेवारी मिल्ने देखिन्छ । कुनै अप्रत्याशित काममा सहयोग गर्नु पर्ला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) साप्ताहिक राशिफल
मनोरञ्जक र रोमाण्टिक समय भए पनि यो साता तपाईंले मिश्रित फल प्राप्त गर्नु हुनेछ । प्रारम्भमा दूरदर्शिताको सर्वत्र चर्चा हुनेछ । मायाप्रेम र भावनात्मक क्रियाकलापमा समय व्यतीत हुनेछ । विपरीतलिङ्गी सहयात्रीबाट प्राप्त सल्लाहबाट गरिएको कामबाट फाइदा हुनेछ । सन्तानपक्षको राम्रो माया मिल्नेछ । तर मङ्गलवारदेखि बिहीवारसम्म गर्नु नपर्ने कामबाट जोगिने बेला हो, छोटो दूरीको निरर्थक यात्रा हुने योग छ । गुप्त र मानसिक रोगले सताउन सक्छ । गर्न बाँकी काम पनि केही समयका लागि थाती राख्नु नै बेस हुनेछ । हरबखत सजग एवं सचेत भई कार्य गर्नु होला । तर साताको अन्त्यमा भाग्यबल बढ्ने छ र रोकिएका काम बन्न थाल्नेछन् । धार्मिक वा आध्यात्मिक प्रवचन वा गाथा सुन्दा सन्तुष्टिको अनुभूति गर्नुहुनेछ । घरायसी सम्बन्ध राम्रै रहने छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) साप्ताहिक राशिफल
खराब समय छ । साताको प्रारम्भमा नै मानसिक खिन्नता र चिडचिडेपना बढ्न सक्छ । भोगविलासमा आकर्षण बढ्न सक्छ, विलासिता र मनोरञ्जनका लागि समय र धन खर्च हुनसक्छ । आमा वा मामाको स्वास्थ्यमा नकारात्मक असर पर्न सक्ने दिन छ । तर्क, विवाद र झैझगडाबाट टाढा रहनु राम्रो हुन्छ । तर मङ्गलवारदेखि बिहीवारसम्म राम्रै समय रहने छ, सोचेजस्तै सफलता प्राप्त हुनेछ । पराक्रम बढ्नुका साथै शरीर फुर्तिलो रहने छ । दाम्पत्य जीवन सुखमय रहनेछ । साझेदारी वा पार्टनरसीपमा कुनै काम गर्ने योजना बनाउनु भएको छ भने त्यसका लागि अनुकूल छ । पुनः सप्ताहान्त अनुकूल देखिंदैन लामो दूरीको यात्रामा ननिस्कनु राम्रो हुन्छ । आफैं वा परिवारका सदस्य अस्वस्थ हुनसक्छन् ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) साप्ताहिक राशिफल
मूलतः यो साता अध्ययन, अध्यापन र लेखनकार्यमा उच्च सफलता प्राप्त हुने समय छ । व्यावहारिक र प्राविधिक काममा विशेष सफलता प्राप्त हुने छ । बौद्धिक क्रियाकलापप्रति झुकाव बढ्ने छ । भाइबहिनी र छोराछोरीले सहयोग गर्नेछन् । मङ्गलबारपछि काम गर्दा आर्थिक, सामाजिक, व्यावहारिक आदि विभिन्न समस्या आइलाग्न सक्छन् । झिनामसिना कामका लागि पनि निक्कै खट्नु पर्छ । भरिसक्य मुद्दामामिला र झैझगडाबाट टाढा रहनु होला, निर्णय क्षमताले काम नगर्न सक्छ । साताको अन्त्यमा दाम्पत्य जीवन असल हुनेछ वा अविवाहित हुनुहुन्छ भने कसैले नयाँ सम्बन्धको प्रस्ताव राख्न सक्छ । छलफल, वादविवाद र झैझगडामा आफ्नो जित हुनेछ । उपहार, चिट्ठा, पुरस्कार आदिबाट आकस्मिक धनप्राप्तिको सम्भावना छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) साप्ताहिक राशिफल
साताको प्रारम्भमा घरायसी कामधन्दा र पारिवारिक आवश्यकता पूर्तिका लागि खट्नु पर्ने छ । छरछिमेकमा कसैसँग व्यर्थमा वादविवाद हुनसक्छ । प्रेमसम्बन्ध र रतिरागका कारण निराशा भोग्नु पर्ने छ । सन्तानपक्षको मायामा कमी आउने छ । मङ्गलवारदेखि बिहीवारसम्म विद्यार्थीहरुले आफ्नो क्षमता प्रदर्शन गरी स्याबासी पाउने समय हो । अन्य सबैका लागि भौतिक सुविधाको दीर्घकालिक जोहो गर्ने अवसर र मौका देखापर्ने छ । चिन्तन र बौद्धिकताको क्षेत्रमा राम्रो छ । साताको अन्त्यमा साथीभाइ टाढिने र व्यवहार पनि शत्रुतापूर्ण हुने सम्भावना छ । पुख्र्यौली सम्पत्तिको विवादले अझ धेरै तनावको सिर्जना हुनसक्छ । प्रतियोगिताबाट निराशा हात लाग्नेछ । तार्किक र बौद्धिक क्षेत्रबाट सफलता लिन सकिंदैन ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) साप्ताहिक राशिफल
सामाजिक र परोपकारी काममा सहभागिता जनाउने र संलग्न हुनुपर्ने समय छ । धार्मिक वा सामाजिक सेवाका काममा प्रशंसित हुने अवसर प्राप्त हुनेछ । दाजुभाइ वा नजिकका मित्रबाट विशेष सहयोग र सुख प्राप्त हुने देखिन्छ । विदेश वा प्रवासमा बसेर कामधन्दा र व्यवसाय गर्नेहरूले राम्रो लाभ प्राप्त गर्नसक्छन् । बौद्धिक, साहित्यिक र सिर्जनात्मक क्षेत्रमा समययापन हुनेछ । धनलाभ हुने सङ्केत छ । शत्रुहरू पराजित हुनेछन् । सृजनात्मक सफलता मिल्नेछ । समाजसेवा गर्दा प्रशंसा प्राप्त हुनेछ । नयाँ योजना कार्यान्वयन हुनेछन् । समग्रमा उचित समय भए पनि साताको मध्यभागमा अनावश्यक दौडधुप गर्नु पर्नेछ । काममा किसिमकिसिमका चुनौती देखा पर्नेछन् । नयाँ काममा हात हाल्नु श्रेयस्कर हुँदैन ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) साप्ताहिक राशिफल
धनधान्य र सुखसम्मृद्धि बढाउने प्रयास हुनेछ । पारिवारिक जीवन संतोषप्रद हुनेछ । साझेदार वा सहयोगीको सङ्गतले लाभ प्राप्त हुनेछ । चेलीबेटी र कुटुम्बका काममा खट्ने समय छ । व्यस्त दिनचर्या कायम हुनेछ । परदेश वा विदेशबाट राम्रो समाचार प्राप्त हुनेछ । धार्मिक, सामाजिक काम वा परोपकारका क्षेत्रमा समय र धन खर्च हुनेछ । उपहार पुरस्कार आदि मिल्नेछ । नयाँ काम गर्ने सोच बनाउनु भएको छ भने त्यसका लागि अनुकूल समय आएको छ । तर साताको अन्त्य सकारात्मक रहने छैन, मित्रको व्यवहार पनि शत्रुतापूर्ण हुनेछ । आफूमुनिका परिवारजनसँगको आत्मीयतामा कमी आउनसक्छ । यस अवधिमा कुनै महत्वाकाङ्क्षी योजना कार्यान्वयन गर्दै हुनुहुन्छ भने गोप्य राखेमा सफलता पाउनुहुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) साप्ताहिक राशिफल
आफ्नै राशिबाट साताको प्रारम्भ हुने भएकाले समग्रमा राम्रो समय छ । यद्यपि क्रोध, प्रतिशोध, रिसराग र उत्तेजना माथि नियन्त्रण गर्नु राम्रो हुनेछ । नियमित तथा दैनिक कामधन्धा र व्यवसायबाट राम्रो फाइदा हुनेछ । गुमेको वा सापटीमा गएको धन फिर्ता आउनेछ । बौद्धिक र प्राज्ञिक क्षेत्रमा राम्रो छ । व्यवसायिक क्षेत्रमा बोलीको कदर हुने समय छ । वाणि र व्यवहारप्रति विपरीत लिङ्गीको आकर्षण बढ्नेछ । जोस र जाँगर बढ्नेछ । धातुको कारोवारबाट धेरथोर लाभ मिल्नेछ । भौतिक सम्पत्तिको जोहो हुनेछ । दाजुभाइ र बन्धुबान्धवको सल्लाहले रोकिएको काम बन्न सक्छ । धार्मिक र सामाजिक काममा समय बित्नेछ । आध्यात्मिक भावनाको विकास हुनेछ । दिनदुःखीलाई दिएको सानो सहयोगले भाग्यबलमा अभिबृद्धि हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) साप्ताहिक राशिफल
साताको प्रारम्भमा बाध्यताकारी खर्चको मात्रा बढ्नसक्ने समय छ । प्रशासनिक झैझमेला वा आरोप व्यहोर्नु पर्ने हुनसक्छ । प्रेम सम्बन्धमा तिक्तता आउने योग छ । तपार्इंले भने जस्तो काम सम्पन्न हुन कठिन छ । लामो दूरीको यात्रा हानीकारक बन्नसक्छ । तर मङ्गलबारपछि राशिमा चन्द्रमाको प्रवेश हुने भएकाले महत्वाकाङ्क्षा र इच्छाहरू पूर्ण हुनेछन् । लाभदायक वस्तुको किनमेल र कारोबार गरिने छ । लामो दूरीको लाभदायक यात्राको सम्भावना छ । घरायसी वातावरण आफ्नै पक्षमा रहनेछ । मन प्रसन्न रहनेछ । आर्थिक लाभ प्राप्त हुनेछ । परिवारमा मेलमिलापको बातावरण कायम हुनेछ । मित्र र सहयोगीले सकेसम्म सहयोग गर्नेछन् । यस समयको जति सदुपयोग गर्नुहुनेछ त्यत्ति नै लाभकारी हुने सङ्केत छ । पूर्वार्द्ध अनुकूल नभए पनि साताको उत्तरार्द्धमा समग्रतामा राम्रो परिणाम प्राप्त हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) साप्ताहिक राशिफल
मिश्रित प्रभाव भएको समय छ । सुरुमा साथीभाइ र नातेदारबाट उपयोगी सल्लाह र सहयोग प्राप्त हुनेछ । शारीरिक प्रतिस्पर्धाका कामतिर मन जानेछ । यतिबेलाको समय विगतका कमीकमजोरी सम्झने समय होइन । राज्यपक्षबाट लाभ प्राप्त हुनेछ । तर मङ्गलवारदेखि बिहीवारसम्म मनमा अशान्ति र छटपटी व्याप्त हुनेछ, खर्चको मात्रा बढ्न सक्छ । शरीरमा आलस्य र थकानको अनुभव हुनेछ । कुनै ठूलो सहयोग वा सद्भाव मिल्न कठिन छ । यतिवेला बुद्धि खियाएर तथा विवेक र विचारको प्रयोग गरी काम गर्नुपर्छ । साताको अन्त्यमा निर्णय सार्थक हुनेछ । मित्रवर्गबाट सोचेजस्तो लाभ प्राप्त हुनेछ । प्रतियोगितात्मक क्रियाकलापबाट लाभ मिल्नेछ । मनमा केही कमी भएझैं लागे पनि समग्रमा लाभकारी नै हुनेछ ।