बालुवा निकाल्दा बनाएको खाल्डोमा डुबेर मृत्यु भएका परिवारलाई ५/५ लाख
गुगलपाटी संवाददाता धादिङगजुरी–६ स्थित दरिगाल खोलामा बालुवा झिक्न बनाएको खाल्डोमा डुबेर ज्यान गुमाएका परिवारलाई पाँचरपाँच लाख क्षतिपूर्ति दिइने भएको छ ।
एस्काभेटरले खाडल खनेर बनाएको खोलाको ठूलो तालमा डुबेर गत २५ गते ज्यान गुमाएका २ युवाका परिवारलाई क्षतिपूर्ति दिने भएपछि आफन्तले शव पनि बुझेका छन्।
गजुरी–७ भस्मेखर्क का २१ वर्षीय भिमबहादुर तामाङ र २३ वर्षीय सुमन स्याङ्तान गहिरो खाडलमा परेर मृत्यु भएपछि आक्रोशित भीडले तीनवटा एस्काभेटरमा आगजनी गर्दै क्षतिपूर्तिको माग गरेका थिए।
छलफलमा व्यवसायीकातर्फबाट दुवै परिवारलाई ५ लाख दरले क्षतिपूर्ति दिने सहमति गरेपछि मृतकका आफन्तले पोष्टमार्टमपछि शव बुझेर लगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
घटनाका दिन आगजनीमा उकास्ने आफन्तजनले क्षतिपूर्ति रकम पाए पछि प्रहरीमा आफूहरुले स्काभेटरमा आगजनी नगरेको निवेदन दिएका छन्।
घटनास्थल वरपर आगजनी गरिएका ३ वटा उपकरणका मालिकहरुले कांग्रेसका स्थानीय कार्यकर्ता विमला चेपाङ, भिमसेन भण्डारी, नारायण श्रेष्ठ, राधिका चेपाङ लगायत ९ जनाका नाममा उजुरी दिएका छन्। उक्त आगजनीमा संलग्नहरु बारे छानबिन भैरहेको प्रहरीले जनाएको छ।