श्रीमती, सासु र सालोमाथि खुकुरी प्रहार गरी हत्याको प्रयास

गुगलपाटी संवाददाता चितवन
२८ श्रावण २०७६ ११:१२

अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाका एक युवाले ससुराली गएर श्रीमती, सासु र सालोमाथि खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका छन्।

भूमिकास्थान नगरपालिका वडा नम्बर ६ का २७ वर्षीय चिरन घर्तीले सोमबार राति सोही नगरपालिकाको वडा नम्वर ८ स्थित ससुराली घर गएर श्रीमतीसहित सासु र सालोमाथि खुकुरी प्रहार गरेका हुन्।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक प्रकाश खत्रीका अनुसार खुकुरी प्रहारबाट श्रीमती १८ वर्षीया गीता घर्ती, सासु ४३ वर्षीया भूमकला क्षेत्री र सालो ११ वर्षीय अर्जुन क्षेत्री घाइते भएका छन्।

घाइते सबैलाई जिल्ला अस्पताल सन्धिखर्क, लुम्बिनी अञ्चल अस्पताल हुँदै चितवन मेडिकल कलेज लगिएको छ। लुम्बिनी अस्पतालमा उपचार हुन नसकेपछि चितवन लगिएको प्रहरी निरीक्षक खत्रीले बताए।

तपाईको प्रतिक्रिया