साफ यु–१८ : नेपालको प्रारम्भिक टिम घोषणा

गुगलपाटी संवाददाता काठमाडौं
२८ श्रावण २०७६ ११:४३

साफ यु–१८ च्याम्पियनसिपका लागि नेपालका प्रमुख प्रशिक्षक चेतनारायण श्रेष्ठले प्रारम्भिक टिम छनोट गरेका छन्। प्रशिक्षणमा रहेका ४६ खेलाडी मध्ये ३० जना प्रारम्भिक टिममा परेका छन्।

प्रशिक्षक श्रेष्ठले टिममा ‘ए’ डिभिजन खेलेका खेलेका रहनु राम्रो पक्ष भएको बताए।

‘टिममा रहेका १२ खेलाडीसँग ए डिभिजन लिग खेलेको अनुभव छ। खेलाडीले आफूलाई निर्खार्दै लैजाने विश्वास छ,’ श्रेष्ठले भने, ‘हाम्रो लक्ष्य फाइनल पुगेर उपाधि जित्ने हो। घरेलु मैदानमा खेल्दा सजिलो हुनेछ। हामी दाबेदार त होइनौ तर पनि हामी उपाधिका लागि तयार हुनु पर्छ।’

उनले ३ सातापछि २३ सदस्यीय टिम घोषणा गर्नेछन्।

घरेलु मैदानमा आयोजना हुन लागेको तेस्रो संस्करणको च्याम्पियनसिपमा नेपाल समूह ‘ए’ मा परेको छ।

उद्घाटन खेलमा नेपाल र पाकिस्तान भिड्ने छन्।

खेल तालिकानुसार हल्चोकस्थित सशस्त्र प्रहरी बल (एपिएफ)को खेल मैदान नेपालले पहिलो खेल आगामी असोज ३ गते खेल्नेछ।

अखिल नेपाल फुटबल सङ्घ(एन्फा)का अनुसार साविक विजेता नेपालले दोस्रो खेल असोज ५ गते माल्दिभ्ससँग तथा समूहको अन्तिम खेल असोज ७ गते भुटानसँग खेल्नेछ।

यस्तै समूह ‘बी’ मा भारत, श्रीलङ्का र बंगलादेश छन् । दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनल पुग्ने छन्। फाइनल खेल असोज १२ गते हुनेछ।

नेपाली टिम 
गोलकिपर : विशाल सुनार, रोहित कार्की, सूर्य अधिकारी, पुजन होडा
डिफेन्डर : विशाल बस्नेत, रन्दीप पौडेल, पदम भट्टराई, असिम गुरुङ, सुजन शर्मा, नवीन गुरुङ, रोशन दोङ, विशान्त बस्नेत, अलिक रुम्बा, अन्जन महर्जन
मिडफिल्डर : शिशिर लेखी, दिपेश गुरुङ, रोशन रानामगर, राजन पुन, आकास बुढामगर, रेजिन माझी, जय गुरुङ, मनिष थापा, कुशल फुया, नितिन थापा
फरवार्ड : ब्रिजेश चौधरी, सचु गुरुङ, निरज चौधरी, कैलाश लामिछाने, दर्शन गुरुङ, मनिष डाँगी