जनप्रतिनिधिलाई दोहोरो सुविधा लिन पाउने बाटो खुला

गुगलपाटी संवाददाता बुटवल
२८ श्रावण २०७६ १२:०३

 प्रदेश नम्बर–५ सरकारले जनप्रतिनिधिलाई दोहोरो सुविधा लिन पाउने बाटो खुला गरिदिएको छ ।

प्रदेश मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले ऐन संशोधन गरेर स्थानीय जनप्रतिनिधिले राज्यकोषबाट दोहोरो सुविधा लिने पाउने बाटो खुला गरिदिएको हो ।

यसअघि, स्थानीय तहका जनप्रतिनिधिले दोहोरो सुविधा लिन नपाउने व्यवस्था रहेको थियो ।

मुख्यमन्त्री शंकर पोखरेलको अध्यक्षमा बसेको बैठकमा ८ ओटा एजेन्डामा छलफल गरी निर्णय भएको सरकारका प्रवक्ता भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले जानकारी दिए ।

केन्द्रका अस्थायी तथा करार सबै कर्मचारीलाई नेपाल सरकारको नियमअनुसार सुविधा दिइ अवकाश दिने निर्णय पनि गरेको मन्त्री चौधरीले जानकारी दिए ।