मानिसको सबैभन्दा ठूलो कठिनाई के हो ?

गुगलपाटी संवाददाता काठमाडौं
२८ श्रावण २०७६ १२:३७

पुराना सबै कठिनाइ त छँदैछ, साथै नयाँ कठिनाइ पनि थपिएको छ । पुराना कठिनाई हटिसकेको छैन । बुद्धको समयमा वा कृष्णको समयमा मान्छेका लागि जुन समस्या थियो, त्यो आज पनि छ । त्यती नै छ । त्यसमध्ये एउटा पनि समस्या हटिसकेको छैन । किनभने हामीले जुन समस्याको समाधान खोज्यौं, त्यो समाधान सिद्ध भएन । हाम्रो समाधान पूर्ण थिएन । समस्याको जड हामीले उखेलर मिल्काएनौं । हामीले केवल त्यो समस्यालाई ढाकछोप गर्दै अघि बढ्यौं ।

क्रोध थियो कसैको भित्र, तब हामीले क्रोध दमन गर्न सिकायौं । तर, दबिएर रहेको क्रोध कहिल्यै नष्ट भएन । दबिएको क्रोध भित्रभित्रै जल्न थाल्यो । साधारण मान्छे जो कहिले काही क्रोध गर्छन् । क्रोधलाई संगृहित गर्नुभन्दा बेलाबखत यसलाई प्रकट गर्नु राम्रो हो । जसले क्रोधलाई दबाउँदै जान्छन्, उनीहरुभित्र त्यो संग्रह हुन थाल्छ । एकदिन त्यो क्रोध विस्फोट हुन्छ, जुन निकै खतरनाक हुन्छ ।

हामीले दबाउन सिक्यौं, सदियौसम्म । यही कारण मान्छे रुपान्तरित भएनन्, केवल सडिए । यसले मान्छे आत्मवान भएनन्, विकृत भए । विक्षिप्त भए । विमुक्ति नभएका कारण हामीले मान्छेलाई जे कुरा सिकायौं त्यसलाई उनले पाखण्डी बनाइदिए । बाहिर एउटा, भित्र अर्कै । देखाउने दाँत एउटा, खाने दाँत अर्कै । यसरी हामीले मान्छेको जीवनमा द्वैत पैदा गरिदियौं ।

ति सबै समस्या जस्ताको तस्तै रहेको छ । र, ति सबै समस्या समाधान खोजिरहेको छ । नयाँ समस्या खडा भएको छ, जसबारे विगतमा मान्छेलाई थाहा पनि थिएन । जस्तो एक समस्या खडा भएको छ कि मान्छेको सम्बन्ध निसर्गबाट विपन्न भएको छ । जस्तो कि एक वृक्षलाई उखेलेर कतै मिल्काइदिऔं, त्यो रुख अरु जीर्ण भएर रहन्छ । न त्यसमा फूल फुल्छ । न पात हरियो रहन्छ । यसरी मान्छेलाई हामीले प्रकृतिबाट विमुख बनाइदियौं ।

र, जो मान्छे प्रकृतिबाट अलग भए उनलाई परमात्मासँग जोड्ने उपाय नै रहेन । किनभने प्रकृतिमा नै परमात्मको पहिलो झलक मिल्छ । मान्छेले बनाएको चिजको बिचमा आधुनिक मान्छे रहेको छ । सिमेन्टको विशाल बाटो छ । यी सबैलाई देखेर परमात्माको याद नै आउँदैन ।

मान्छेको जीवनको सबैभन्दा ठूलो अभिशाप हो कि, आज पुरानो सबै रोग यथावत छ र एक नयाँ समस्या थपिएको छ । त्यो समस्या हो, हामीले एक कृत्रिम वातावरण बनायौं । र, कृत्रिम वातावरण फैलिदैछ ।

लन्डनमा एक सर्वेक्षण गरिएको थियो, जसमा दश लाख बच्चाले गाय नै देखेका थिएनन्, खेत देखेका थिएनन् । जुन बच्चाले खेत देखेनन्, जहाँ फराकिलो फाँट, मन्द हावामा झुलिरहेको गहुँको बाला देखेनन्, ति बच्चाको जीवनमा केही कमी भयो । उनले कार देखे, रेलगाडी देखे, बस देखे तर प्रकृतिको यो मनोरम रचना देखेनन् ।

हामी सम्पूर्ण रुपले कृत्रिमतामा बाँच्दैछौं । यन्त्र बढ्दैछ । र, मान्छेको सबैभन्दा ठूलो कठिनाई सधै यो रह्यो कि मान्छे मुच्छिर्त छ । यन्त्रको बीचमा अरु मुच्छिर्त भए र यन्त्रिक भए ।

तिमी मलाई सोधिरहेका छौ, आधुनिक मान्छेको सबैभन्दा ठूलो कठिनाई के हो ?

यान्त्रिकता ।

यन्त्रको साथ रहन्छौं भने तिमी पनि यन्त्र नै हुनेछौ । तिमी आज जसरी भागदौडपूर्ण जीवन विताइरहेका छौं, त्यो यान्त्रिक जीवन हो ।

यस्तो अवस्थामा तिमी पूर्ण सतर्कतासाथ अर्थात होशपूर्वक बाँचेनौ भने यन्त्र तिमीमाथि हावी हुनेछन् । तिमी घडीको काँटा जस्तै चल्न थाल्नेछौ । र, मेशिन जस्तै घुम्न थाल्नेछौ । र, क्रमस तिमीले भुल्ने छौ कि तिमीभित्र आत्मा छ । एक त प्रकृतिसँग सम्बन्ध टुट्नु र अर्को चाहि यन्त्रसँग जीवनको लय खोज्नु । दुबै कुरा भयानक छ ।

मानिस विस्तारै विस्तारै यन्त्रिक हुँदैछन् । वैज्ञानिक त मान्न तयार छैनन् कि मान्छे यन्त्रभन्दा केही बढी हुन् । विज्ञानको छाप मान्छेको हृदयमा लगाइयो । किनभने विज्ञानकै शिक्षण दिइदैछ । हृदयबारे त कसैले कहीँ शिक्षा दिएन । प्रेम गीत त कतै सिकाइएन । विस्तारै विस्तारै यी सबैले घेरिएका आधुनिक मानिस प्रकृतिबाट विमुख हुँदैछन्, परमात्माबाट विमुख हुँदैछन्, आफैबाट विमुख हुँदैछन् । यसले जीवन विराटबाट उजाड हुँदैछ । यही नै आजको सबैभन्दा ठूलो कठिनाई हो ।

त्यही कारण आजको दुनियामा ध्यान महत्वपूर्ण भइसकेको छ । किनभने ध्यान मात्र एक उपया हो, जसले तिमीलाई वोध गराउनेछ कि तिमीभित्र आत्मा छ ।

ओशाको ब्लगबाट भावनुवाद गरिएको

तपाईको प्रतिक्रिया