सामुदायिक स्कूलका प्रधानाध्यापक बोडिंगका डाईरेक्टर
गुगलपाटी संवाददाता मकवानपुर,२३ बैशाखसरकारले सामुदायिक विद्यालयलाई गुणस्तरीय बनाउने र सबैलाई सामुदायिक विद्यालयमा नै पढाउने योजना ल्याईरहेको समयमै मकवानपुर हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ को बाल जागृति युवा बर्ष माध्यमिक विद्यालयको शैक्षिक अवस्थाले सरकारलाई नै चुनौति दिईरहेको छ ।
यस विद्यालयका अभिभावकहरुले हामीलाई विद्यालयको शैक्षिक विषयमा गुनासो गरेपछि हाम्रा मकवानपुर स्थीत टिभी जर्नलिष्ट देवराज पन्त बिद्यालयमा पुगेका थिए । ४१६ जना बिद्यार्थी रहेको बिद्यालयमा शुक्रबार ४ ओटा कक्षा सञ्चालन गर्नुपर्नेमा विद्यालयको रिपोर्ट बनाउन भन्दै २ ओटा कक्षा मात्रै पढाएर विदा गरीएको रहेछ ।
जबकी जिल्ला स्थित शिक्षा कार्यालयका सहायक शिक्षा अधिकारी शम्भु पौडेलले त्यस्तो रिपोर्ट जेष्ठ मसान्त सम्म बुझाउनु पर्ने हो, तर विद्यालय नै विदा गरेर रिपोर्ट बनाउनु पर्ने कुनै कारण नरहेको बताएका छन् ।
यति मात्रै होइन १२ः३० बजेको समयमा प्रधानाध्यापक भरत सापकोटा आफ्नो कुर्सीमा थिएनन् । कुर्सी खाली थियो । हामीले प्रअ सापकोटाको बारेमा सहयाक प्रधानाध्यापक शिवकुमार दुलाललाई बुझ्दा बिद्यालयको भवन निमार्णको कामले शिक्षा कार्यालय गएको बताए ।
तर शिक्षा कार्यालयको भवन निर्माण हेर्ने शिक्षा कार्यालयका भवन शाखाका सञ्जिव पुडासैनीले प्रअ सापकोटा नआएको बताए ।
यस पछि हामीले प्रधानाध्यापक सापकोटालाई विद्यालय परिसरबाटै सम्पर्क गर्दा व्यक्तिगत काममा हेटौंडाकै मक्राञ्चुली पुगेको बताए ।
यति मात्रै होइन सामुदायिक बिद्यालयका प्रअ सापकोटा त सोही वडामा सञ्चालित मुनलाईट इन्टरनेशनल नामको निजी बिद्यालयका म्यानेजीङ डाइरेक्टर पो रहेछन् । मुनलाईटले प्रकाशन गरेको ब्रोसर माथि हेर्नुहोस् ।
एकै समयमा उनि प्रअ रहेको सामुदायिक बिद्यालय बिदा थियो भने म्यानेजीङ डाइरेक्टर रहेको निजी बिद्यालयमा निर्वाध पढाइ भैरहेको थियो ।
यो बिषयमा हामीले जिल्ला शिक्षा कार्यालयका सहायक शिक्षा अधिकारी शम्भु पौडेलले आर्थिक लाभ लिने गरेर सामुदायीक बिद्यालयमा कार्यरत रहेको समयमा निजी बिद्यालयमा काम गर्न नपाइने बताउँछन् ।
सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तर कम हुनुकापछि सामुदायिक बिद्यालयमा हुने यस्तै खाले कार्य प्रमुख हुन् ।
मकवानपुरका news 24 का टिभी जर्नालिष्ट देवराज पन्तको रिपोर्टमा आधारित