मुख्यमन्त्रीलाई लक्षित गरी फेरी बम विस्फोट
गुगलपाटी संवाददाता कालिकोटप्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समुहका कार्यकर्ताले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई लक्षित गरी बिहिबार बिहान १० बजे रास्कोटमा फेरि दुई वटा वम विस्फोट गरेका छन् ।
मुख्यमन्त्री शाहीको गृहस्थान कोटिलागाँउबाट रास्कोटको एक कार्यक्रमको उद्घाटन गर्न हिँडेका शाहीलगायत कर्णाली प्रदेश सदस्य कुर्मराज शाहीलाई लक्षित गरी रास्कोटको कृर्षि जेटिय कलेज नजिकै वम विस्फोट गराएका हुन् । तिन सय मिटरको दुरिमा वम विस्फोट गरेको प्रहरिले जनाएको छ ।
मुख्यमन्त्री शाहीलाई लक्षित गरी विप्लव समुहका कार्यकर्ताले दिन दिनै वम विस्फोट गदै आएका छन् । हिजो मात्र पचाल झरना गाउँपालिकाको एक कार्यक्रममा सम्धबोनको बेला दुई वटा वम विस्फोट गराएका थिए । सुरक्षा मजबुत रहेपनि विप्लव समुहले वम विस्फोट गरिरहेका छन् । वम विस्फोटमा मानवीय क्षति भने नभएको जनाइएको छ ।