नागरिकता लिन जाँदा वडा अध्यक्षबाटै कुटिएपछि

गुगलपाटी संवाददाता सिरहा
३० श्रावण २०७६ १०:३७

नागरिकता लिन वडा कार्यालय गएका एक युवक वडा अध्यक्षबाटै कुटिएका छन्। सिरहा नगरपालिका १८ का २५ वर्षीय मनोज कुमार रायलाई सोही वडाका अध्यक्ष रामसोगारथ यादवसहितको समूहले कुटपिट गरेको हो।

०७६ असार २५ गत्ते मनोजका बुवा रामसेवक रायको नागरिकताको प्रमाणपत्र वडा अध्यक्ष यादवले सिँचाई बोडिङको उपभोक्ता समिति निर्माण गर्ने भन्दै लिएका थिए।

कुटपिटबाट आफ्नो शरिरको विभिन्न भागमा गहिँरो चोट रहेको उनले बताए । उपचारपछि औषधी खाएर घरमा आराम गरिरहेको उनको भनाई छ।

यसअघि ०७५ फागुन १६ गत्ते गाउँपालिकामा न्याय माग्न जाँदा सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका अध्यक्षबाट एकजना सेवाग्राही कुटिएका थिए।

लक्ष्मीपुर पतारी गाउँपालिका– २ पर्साका ३४ वर्षीय विष्णुदेव यादव अध्यक्ष रामबल्लव साहबाट कुटिएका थिए। अध्यक्ष रामबल्लभ साहले आफूले कुटपिट नगरेको दावी गर्दै त्योबेला जोगिए।