पिउने पानी शुद्ध बनाउन आयो महेन्द्र प्युरिफायर

गुगलपाटी संवाददाता हेटौंडा,२३ बैशाख
२३ बैशाख २०७५ १२:३०

मकवानपुरको हेटौँडामा आइतबारबाट पानीलाई शुद्ध बनाउने महेन्द्र प्युरिफायरको उद्घाटन गरिएको छ ।
शुद्ध पानीका लागि उक्त कार्यालयको उद्घाटन गरिएको हो । कार्यक्रमको उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अरुणराज सुमार्गीले शरिरको लागि पानी सबैभन्दा महत्वपूर्ण र स्वस्थ पानी अति आवश्यक रहेको सन्र्दभमा शुरु गरिएको ब्यवसायले मानव जीवनलाईनै सहयोग गर्ने बताए ।
पानीलाई स्वच्छ बनाउने अभियानमा लागेकोमा बधाई ब्यक्त गर्दै सुमार्गीले युवाहरु ब्यवसायमा लाग्नु देशको लागि राम्रो भएको बताए । ब्यवसाय पनि एक प्रकारको समाजसेवा भएको भन्दै सुमार्गीले उपभोक्ताको विस्वासलाई कायम राख्दै ब्यवसाय गरेमा सफल हुने बताए ।

भैरवरोडमा रहेको हेटौँडा कमप्लेसमा सुरु गरिएको ब्यवसायमा हेटौँडामा राम प्रसाद पण्डित, विवश अर्यालको लगानी रहेको यस ब्यवसायले हेटौँडा सहित आसपासको जिल्लामा समेत सेवा दिने बताईएको छ ।यसले पानीको निःुल्क जांच गर्ने बितरण प्रमुख रामप्रसाद पंडितले जानकारी दिए । नेपालमा नै पहिलो पटक यस्तो प्रबिधि हेटौंडामा भित्राइएको पनि उनको भनाइ छ ।