मकवानपुर अदालतद्वारा वरुण वेभरेजलाई २ लाख जरिवाना
गुगलपाटी संवाददाताहेटौंडाः बहुराष्ट्रिय कम्पनी वरुण वेभरेज नेपाल प्रा.लि.लाई जिल्ला अदालत मकवानपुरले २ लाख रुपैयाँ जरिवाना गरेको छ । उक्त कम्पनीले अखाद्य पेयपदार्थ उत्पादन र बिक्री गरेको भन्दै घरेलु तथा साना उद्योग कार्यालय मकवानपुरले दिएको उजुरीमा न्यायाधिश सीता शर्मा अधिकारीको इजलासले जरिवना फैसला गरेको अदालतका श्रेस्तेदार केशव कौशिकले बताए ।
वरुण वेभरेजले उत्पादन गरेको माउण्टेन डिउको बोतलभित्र अखाद्य प्लास्ष्टिक भेटिएपछि उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीउ उपाध्यक्ष अजय अधिकारी र जिल्ला अध्यक्ष बासु खतिवडाले घरेलु तथा साना उद्योग कार्यालय मकवानपुरमा उजुरी गरेका थिए । उक्त उजुरीको आधारमा कार्यालयले अदालतमा २०७४ साल साउन ७ गते मुद्धा दायर गरेका थिए । ‘उपभोक्ता संरक्षण ऐन २०५४ को दफा १८(ङ) बमोजिम उक्त कम्पनीलाई जरिवाना फैसला भएको श्रेस्तेदार कौशिकले बताए ।