निकिताले लेखिन् मनछुने स्टाटस : ‘तिमी निर्दोष छौ रवि’ …
गुगलपाटी संवाददाता काठमाडौंपत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका कार्यक्रम प्रस्तोता रबि लामिछाकी श्रीमती निकिता पौडेलले शुक्रबार बिहानै आफनो फेसबुकमा रबि लामिछाने तर्फबाट भन्दै स्टाटस राखेकी छिन् । उनले लेखेकी छन, ’आरोप लगाउने मरेर गएपनि आरोप खेप्ने म जिउदै छु । मर्नेले लगाएको एउटा मात्र आरोप प्रमाणित होस र हदै सम्मको सजाय होस ।
यो घटनाको अनुसन्धानमा सघाउँनका लागि नेपाल प्रहरीलाई मेरो शत प्रतिशत सहयोग रहने छ । देश तथा विदेशमा रहनुभएका सम्पूर्ण साथीहरुलाई केही समय धैर्य धारण गरिदिनुहुन अनुरोध गर्दछु : रबि लामिछाने । ’निकिताले रबिको श्रीमति हुन पाएकोमा गर्व लागेको पनि लेखेकी छिन् ।
‘आरोप लगाउने मरेर गएपपनि आरोप खेप्ने म जिउदै छु । मर्नेले लगाएको एउटा मात्र आरोप प्रमाणित होस र हदै सम्मको सजाय होस । यो घटनाको अनुसन्धानमा सघाउँनका लागि नेपाल प्रहरीलाई मेरो शत प्रतिशत सहयोग रहने छ ।
देश तथा विदेशमा रहनुभएका सम्पूर्ण साथीहरुलाई केही समय धैर्य धारण गरिदिनुहुन अनुरोध गर्दछु ।’ : रबि लामिछाने
“ We are for TRUTH; We are for JUSTICE”
#proudtobeyourwife# with Rabi Lamichhane
त्यस्तै रबि लामिछानेको दाई पत्रकार हरिशरण लामिछानेले पनि आफ्नो फेसबुकमा ’बि स्ट्रोङ रबि’ भन्दै स्टाटस राखेका छन् । उनी लेख्छन, ’सत्य यहि हो भन्न त गाह्रो छ तर सत्यको नाजिक सम्म भने अवश्य पुग्न सकिन्छ। त्यसैले त, सत्यको जित नभए पनी आखिरमा सत्य मर्दैन भन्छन् । सत्य-तथ्य सबिस्तार छानबिन होस् । धैर्य गरौं, आशा गरौ!! पत्रकार सालिकराम पुडासैनीको आत्मह*त्या प्रकरणमा प्रहरीले रवि सहित अन्य दुइलाई बिहिबार पक्राउ गरेको छ ।