एकैजनाले ठगे आठ सयलाई, ठग्‍नकै लागि पाँचवटा ‘फेक आईडी’

गुगलपाटी संवाददाता काठमाडौं
३१ श्रावण २०७६ ०८:५०

अमेरिका, क्यानडा, अस्ट्रेलिया भनेपछि हुरुक्कै हुने नेपाली युवाको संख्या कम छैन । त्यस्तै झापाका एकै व्यक्तिले क्यानडा लगायत युरोपियन देश पठाइदिने भन्दै आठ सयभन्दा बढीलाई ठगेका उनी पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङको उर्लाबारी नगरपालिका–७ बरगाछीका ३५ वर्षीय रामबहादुर खड्का छन् । काँकरभिट्टा बजारबाट इलाका प्रहरी कार्यालय अनारमनी र प्रदेश नम्बर एकको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक ९डीएसपी० मोहन थापाका अनुसार रामबहादुर खड्का उर्फ महेशजंग थापाले सन् २०१२ मा नै पाँचवटा फेसबुक एकाउन्ट खोलेका थिए । उनले महेशजंग थापा, विश्वजित थापा, आरभ थापा, उज्वल थापा र प्रवीण थापाको नाममा एकाउन्ट खोलेका थिए । ती आईडीमा उनले एनआरएनका विभिन्न गतिविधि पोस्ट गर्थे । डीएसपी थापाका अनुसार अधिकांश स्टाटस तथा फोटोहरु क्यानडा, विभिन्न युरोपियन तथा अमेरिकी मुलुकहरुमा भ्रमण गरेको भान पार्ने गरी पोस्ट गर्दै आएका थिए ।

पक्राउ परेका खड्काले पीडित व्यक्तिहरुको डकुमेन्ट र फोटो दुरुपयोग गरी सिमकार्ड खरिद गरी चलाउने गरेको अनुसन्धानका क्रममा खुलेको छ । यहाँसम्म कि खड्काले पीडित व्यक्तिहरुलाई क्यानडामा रहेका आफ्ना बालबच्चाहरुको लागि गाउँको शुद्ध महसमेत ल्याइदिन लगाउने गरेको पाइएको छ ।