रवि लामिछानेलाई अर्को झट्का, किस्ता नतिरेपछि घर खाली गर्न पुर्जी

गुगलपाटी संवाददाता काठमाडौं
३१ श्रावण २०७६ ११:५५

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा आरोपित चर्चित सञ्चारकर्मी रवि लामिछानेले किस्ता नतिरेपछि अमेरिकाको घर खाली गर्न पुर्जी जारी भएको छ ।

डिभोर्स गर्दा श्रीमतीलाई दिन्छु भनेर झुक्काएर आफ्नै नाममा घर राखेका रविले किस्ता नतिरेपछि घर खाली गर्न जुन १० मा पुर्जी जारी भएको हो । उनलाई घर किनबेच गर्ने कम्पनीले पुर्जी जारी गरेको हो ।

 रविले छोरीहरुको फि र घरको किस्ता पनि नतिरेपछि आफूहरु समस्यामा परेको पूर्वश्रीमती इशा लामिछानेले बताएकी छन् ।

सहमति गरेर घर न घाटको बनाएको भन्दै इशाले एकपछि अर्को गर्दै यस्ता प्रकरण आउने बताएकी छन् । स्रोत : नागरिक खबर

तपाईको प्रतिक्रिया