चट्याङले मकवानपुरमा लियो तीन जनाको ज्यान

गुगलपाटी संवाददाता हेटौंडा,२३ वैशाख
२३ बैशाख २०७५ १४:४४

हावाहुरीसँगै आएको चट्याङ लागेर आज आईतबार साँझ मकवानपुरमा तीन जनाको मृत्यू भएको छ । मनहरी गाउँपालिका २ ठाडोखोलास्थित झुल्यानका ३० वर्षीय भीमलाल सिन्तान र उनकी अढाई वर्षीय छोरी बिमलाको ज्यान गएको हो ।
साथै हेटौंडा १६ चिसापानीका ६० वर्षीय कृष्ण बहादुर बलामीको पनि मृत्यु भएको छ । उनीहरु तीनै जनाको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यू भइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक दिलिप झाले जानकारी दिए ।