मन्दिरको जग्गा कब्जा विप्लवले कब्जा गर्यो

गुगलपाटी संवाददाता दाङ
२ भाद्र २०७६ ०७:२७

 विप्लव समूहले सल्यानमा जग्गा कब्जा गरेको छ। छत्रेश्वरी गाउँपालिका-६ मा रहेको खैराबाङ मन्दिरको गूठीको जग्गा कब्जा गरेको विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको जनवर्गीय संगठन जनपरिषद्ले जनाएको छ।

गुठीको जग्गा ६ रोपनी रहेको छ। स्थानीय दुर्गाबहादुर बुढाको मकै बारी र खेतमा विप्लव समूहले झण्डा गाढेर गुठीको जग्गा कब्जा गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ। सल्यानका प्रहरी प्रमुख वीरेन्द्रबहादुर शाहीले गुठीको जग्गा भनेर विप्लवले झण्डा गाढेको हुनसक्छ। त्यहाँ गाडेको झण्डा आइतबार झिकिएको हो।

तपाईको प्रतिक्रिया