प्रतिपक्षिको भूमिका सशक्त बनाउन भातृ संस्थालाई कांग्रेस मकवानपुरको निर्देशन

गुगलपाटी संवाददाता हेटौंडा
२ भाद्र २०७६ १०:२५

नेपाली कांग्रेस मकवानपुरले १० वटै स्थानीय तहमा प्रतिपक्षीको भूमिका सशक्त बनाउन पार्टी, भातृ तथा शुभेच्छुक संस्थाहरुलाई निर्देशन दिएको छ ।
कांग्रेस मकवानपुरका कार्यबहाक सभापति विष्णुप्रसाद लामिछानेको सभाध्यक्षमा सोमबार बसेको नियमित बैठकले पार्टीको भातृ तथा शुभेच्छुक संस्थामा रहेको आन्तरिक विवाद मिलाउँदै सशक्तरुपमा प्रतिपक्षीको भूमिका निभाएर विकास निर्माणमा लाग्ने निर्देशन गर्ने निर्णय गरेको प्रवक्ता प्रदिप कोईरालाले बताए ।
त्यसैगरी बैठकले गत असारमा अन्तिममा परेको अविरल बर्षापछिको बाढीपहिरोमा परी मृत्यु भएका र घरबारविहिनलाई सरकारले हालसम्म पनि राहात उपलब्ध र स्थायी बसोबासको व्यवस्था नगरेको भन्दै सरकारलाई खबरदारी गर्ने निर्णय गरेको कोईरालाले बताए ।
बैठकले कांग्रेस निकट लोकतान्त्रिक यातायात व्यवसायी संघका मकवानपुर अध्यक्ष कपिलबहादुर बानियाँको माता कृष्णकुमारी बानियाँ र हेटौंडा ११ का पूर्व वडासभापति पिताम्बर बर्तौलाको हालै भएको निधनप्रति शोकप्रस्ताव पारितसमेत गरेको थियो ।