सिंहदरबारभित्र मृत भेटिएका केसीको ‘सुसाइड नोट’ भेटियो
गुगलपाटी संवाददाता काठमाडौंमंङ्गलबार राष्ट्रिय योजना आयोग सिंहदरबारस्थित कार्यालयभित्रै मृत अवस्थामा फेला परेका नायब सुब्बा बच्चु केसीको साथबाट सुसाइड नोट फेला परेको छ ।
महानगरीय प्रहरी वृत्त सिंहदरबारका प्रमुख डीएसपी कौशल कुमा बुढाथोकीले केसीको साथबाट एक सुसाइड नोट भेटिएको पुष्टि गरे ।
कीर्तिपुरस्थित टौदहमा बस्दै आएका केसीले सुसाइड नोटमा ‘कसैलाई दोष नदिनु’ भनेर लेखेको डीएसपी बुढाथोकीले बताए । सोमबार बिहान कार्यालय आएपछि घर नगएको पाइएको छ ।
साँझ ५ः२७ बजे केसी बाहिर निस्केको सीसीटिभी फुटेजमा देखिएको प्रहरीले जनाएको छ । त्यसपछि केसी राति ११ बजे कार्यालय छिरेको पाइएको छ ।